हाम्रो पालिका

धुंवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

By Dhadingnews.com

April 12, 2014

धादिङ,२९ चैत – धादिङको धुंवाकोट स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । विश्व स्वास्थ्य दिवस २०१४ एवम कर्मचारी संगठन स्थापनाको रजतबर्ष प्रवेशको सन्दर्भ पारेर नेपाल निजामति कर्मचारी संगठन धादिङले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । नेपाल स्वास्थ्य प्राविधिक संघ,राष्ट्रिय स्वास्थ्यकर्मी संघ,धुवांकोट स्वास्थ्य चौकी,धादिङ स्वास्थ्य समाज,जिल्ला अस्पताल धादिङ, युनिटि स्वास्थ्य सहकारी संस्था,शुभलाभ पोलिक्लिनिक र धुंवाकोट गाविसको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा २ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा १८ जना गर्भवती तथा अन्य महिलाको निःशुल्क भिडियो एक्सरे गरिएको बताईएको छ । जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रसिला अमात्यले शिविरको उदघाटन गर्नु भएको थियो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख मछिन्द्रनाथ न्यौपानेको आतिथ्य रहेको थियो । शिविरमा डाक्टर मिलन सिलवाल,डाक्टर अमृत रिजाल,प्रशिक्षार्थी डाक्टर रामहरी रेग्मी लगायतले विरामीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको निजामती कर्मचारी संगठन धादिङका अध्यक्ष कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो ।