मुख्य समाचार

जिविसको सूचना अधिकारी नौ महिना देखि असाधरण विदामा

By Dhadingnews.com

April 16, 2014

केशव अधिकारी धादिङ– जिल्ला विकास समिति धादिङको लेखा परिक्षक पदमा कार्यरत गोमा पाण्डे गएको साउन साउन १ गते देखि असाधरण विदा स्विकृत गराएर बसेको भएपनि जिल्ला विकास समितिले पाण्डेको नाम सुचना अधिकारीवाट हटाएको छैन । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कुनै समस्या भोग्नु परेमा र कार्यालय संग सम्वन्धित सुचनाहरुका वारेमा जानकारी दिन सुचना अधिकारीको व्यवस्था गरिएको हो । सुचनाको हक सम्वन्धि ऐन २०६५ वमोजिम प्रत्येक सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा एक जना सुचना अधिकारीको व्यवस्था गर्नुपर्दछ । सोहि ऐनलाई आधार मानेर जिल्ला विकास समिति धादिङले कार्यालयको लेखा परिक्षक पदमा कार्यरत पाण्डेलाई दुई बर्ष अघि सुचना अधिकारीको जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएको व्यक्ति कार्यालयवाट असाधरण विदा स्विकृत गरेर एक बर्ष लामो विदामा वस्दा समेत जिविसले यस वारेमा राष्ट्रिय सुचना आयोगलाई जानकारी समेत दिएको छैन । कार्यालयवाट एक बर्षको असाधरण विदा स्विकृत गराएर विदामा वसेकी पाण्डे एक छोरा, एक छोरी र श्रीमानका साथ क्यानडामा बस्दै आईरहेको पाण्डेका आफन्तहरु बताउंछन । पाण्डेका श्रीमान शम्भु लोहनी जिल्ला उर्जा तथा वाताबरण शाखाको लेखापाल पदमा करारमा कार्यरत रहेकोमा सपरिवार क्यानडा जाने तय भएपछि लोहनीले पदवाट राजिनामा दिएको एक कर्मचारीले वताए । पाण्डेले विदा लिएको नौ महिना वितिसक्दा पनि जिविसले सुचना आयोगलाई लिखित जानकारी नगराएका कारण पाण्डेनै जिविसको सुचना अधिकारी भएको आयोगको आधिकारिक वेभसाईटमा उल्लेख गरिएको छ । आयोगको वेभसाईटमा जिल्ला विकास समिति धादिङको सूचना अधिकारीमा गोमा पाण्डे पद लेखा परिक्षक र सम्पर्क नम्बर ०१०–५२०१४४ र मोवाईल नम्बर ९८४१५४६८८० उल्लेख गरिएको छ । नौ महिना अघि देखि विदामा बसेर विदेश पुगेको भएपनि पाण्डेकोे आफ्नो सामाजिक संजालमा भने काम गर्ने स्थानजिल्ला विकास समिति धादिङ र बस्ने स्थान टोरोन्टो ओन्टारीयो उल्लेख गरिएको छ ।

जिल्ला विकास समिति धादिङमा असाधरण विदा स्विकृत गराएर विदेश जानेमा पाण्डे पहिलो कर्मचारी भने होइनन । कार्यालयका खरिदार दिपा गौतम २०६९ असोज देखि असाधारण विदामा बसेको कार्यालयले जनाएको छ । विश्वस्त श्रोतका अनुसार गौतम पनि श्रीमान संगै अमेरीकामा बस्दै आईरहेकी छिन । गौतमका श्रीमान हरिभक्त घिमिरे पनि केही बर्ष अघि जिविसमै कार्यरत कर्मचारी हुन । जागिर अवधिभर कुनै पनि कर्मचारीले असाधारण विदा तीन वर्ष सम्म लिन पाउने भएकाले विदाको अवधिभर उनिहरुको वारेमा खोजी गरिहनु नपर्ने स्थानीय विकास अधिकारी रमेश  न्यौपाने वताउनुहुन्छ । तर विदामा बसेको व्यक्ति सूचना अधिकारी रहेको वारेमा भने स्थानीय विकास अधिकारी न्यौपानले तत्काल आयोगलाई सूचना अधिकारी परिवर्तन भएको जानकारी पठाउने प्रतिकृया दिएको एक साता वितिसक्दा पनि आयोगको साईटमा पाण्डेको नामनै कायम रहेको छ । जिल्लामा सरकारी कार्यालयको सख्या २५ भन्दा वढी रहेको भएपनि राष्ट्रिय सुचना आयोगलाई जम्मा आठ वटा कार्यालयले मात्र लिखित रुपमा सुचना अधिकारीको विबरण उपलव्ध गराएको राष्ट्रिय सुचना आयोगका सुचना अधिकारी उप सचिव गौलोचन सैजुंले बताउनुभयो । अहिले सम्म सुचना अधिकारी तोकिएका धादिङका सरकारी कार्यालयहरुमा पुष्पराज पौडेल जिल्ला प्रशासन कार्यालय,मच्छ्रिन्द्रनाथ न्यौपाने जिल्ला स्वास्थ्य कार्यालय,रामकृष्ण अर्याल जिल्ला निर्वाचन कार्यालय,हरेन्द्रकुमार श्रेष्ठ कोष तथा लेखा नियन्त्रण कार्यालय,नारायण प्रसाद काफ्ले डिभिजन सहकारी कार्यालय,मुकेशकुमार यादव नापी कार्यालय,केशव सुवेदी,जिल्ला हुलाक कार्यालय रहेका छन । अन्य सरकारी कार्यालयले भने आयोगलाई सूचना अधिकारीका वारेमा कुनै जानकारी पठाएका छैनन । जिल्लाका अन्य सरकारी कार्यालयले आफ्नो कार्यालयमा सुचना अधिकारी रहेको दावी गरेपनि राष्ट्रिय सुचना आयोगमा भने आठवटा सरकारी कार्यालय र जिल्लाभरका १८ वटा सहकारी संस्थाको मात्र विवरण उल्लेख गरिएको छ । सुचना अधिकारी तोकिएका सरकारी कार्यालयहरु मध्ये डिभिजन सहकारी कार्यालय र जिल्ला प्रशासन कार्यालयले मात्र कार्यालयको नाममा इमेल ठेगाना उपलव्ध गराएका छन । चैत महिनाको पहिलो साता आयोगले धादिङ जिल्लाका सरकारी कार्यालय प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि ऐनले तोके वमोजिम कार्यालयमा सुचना अधिकारीको व्यवस्था गर्न निर्देशन दिएको भएपनि अधिकांश कार्यालयवाट लिखित विवरण प्राप्त नभएको उपसचिव सैजुले वताउनुभयो । आयोगको आधिकारिक वेभसाईट डव्लु डव्लु डव्लु एनआइसि डट जि ओ भि डट कमको जिल्ला स्थित सुचना अधिकारी पेजमा धादिङ लगायत ७५ वटै जिल्लाका सुचना अधिकारीको बिबरण उल्लेख गरिएको छ । धादिङका स्थानीय विकास अधिकारी रमेश न्यौपाने आफ्नो कार्यालयको सुचना अधिकारीको जिम्मेवारी पाएको व्यक्ति गएको साउन देखि एक बर्षका लागि असाधरण विदामा बसेकोले योजना तथा प्रशासकिय अधिकृत जनकराज शर्मालाई सुचना अधिकारीको जिम्मेवारी दिएको वताउनुहुन्छ । स्थानीय विकास अधिकारी न्यौपानेले शर्मालाई सुचना अधिकारी भएको दावी गरे पनि जिल्ला विकास समितिको सुचना पाटीमा भने शर्मालाई गुनासो सुन्ने अधिकारी भनेर उल्लेख गरिएको छ । राष्ट्रिय सुचना आयोगका उप सचिव सैंजुले गुनासो सुन्ने अधिकारी र सुचना अधिकारीको परिभाषा र जिम्मेवारी फरक रहेको बताउनु भएको छ । धादिङका सरकारी कार्यालयले लिखित जानकारी नपठाएको पनि उहांले वताउनु भयो