हाम्रो पालिका

पत्रकारहरुको क्षमता विकास तालिम सम्पन्न

By Dhadingnews.com

April 17, 2014

– संगिता आलेमगर धादिङबेसी(धादिङन्युज) – पत्रकारहरुको क्षमता विकासका लागि आयोजना गरिएको तीन दिने तालिम बिहीवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजना र जिल्ला विकास समितिको कार्यालयको सहयोगमा संचालन गरिएको तालिमको नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव जगत नेपालले समापन गर्नु भएको हो ।

तीन दिन सम्म चलेको तालिममा नेपाल पत्रकार महासंघका पुर्व महासचिव महेन्द्र बिष्ट,महासंघका उपाध्यक्ष यशोदा तिम्सिना,केन्द्रिय सदस्य संगिता खडका,पत्रकार सरोज दहाल र मिलन तिमिल्सिनाले पत्रकारिताका आधाभुत बिषयहरुमा जानकारी गराउनु भएको थियो । जिल्लाका विभिन्न संचारमाध्यमहरुमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, प्रमुख जिल्ला इन्जिनियर एवम निमित्त स्थानीय विकास अधिकारी निर्मलदर्शन आचार्य,प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल र महासंघका केन्द्रिय सचिव जगत नेपालले सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । तालिमले पत्रकारहरुको क्षमता विकासमा सहयोग पु¥याउनुका साथै समाचारको पहिचान,प्रस्तुति, श्रोतको प्रयोग,पत्रकारिता गर्दा ध्यान दिनुपर्ने बिषयहरुका वारेमा जानकारी पाएको तालिमका सहभागीहरुले प्रतिकृया दिएका छन । महासंघ जिल्ला शाखा अन्र्तगत रहेको तालिम तथा प्रशिक्षण उप समितिका संयोजक राजाराम शर्माको अध्यक्षतामा तालिमको समापन भएको थियो ।