राजनीति

एमाले धादिङ क्षेत्र नम्बर १ मा कृष्णवहादुर दहाल

By Dhadingnews.com

April 17, 2014

धादिङबेसी(धादिङन्युज)– अधिबेशन उदघाटनका लागि आएका प्रमुख अतिथी तथा अन्य अतिथि चढ्नका लागि सम्मेलन स्थलमा तीनवटा हेलिकप्टर उतारे पछि राष्ट्रिय स्तरमा निकै चर्चा कमाएको नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को दोश्रो अधिबेशनले अध्यक्षमा कृष्णवहादुर दहाल चयन हुनुभएको छ । गएको चैत १ गते शुरु भई २ गते सम्पन्न भएको वन्द सत्र र बैशाख ४ गते सम्पन्न निर्वाचनवाट दहाल अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिबेशनले उपाध्यक्षमा बेगवहादुर तामाङ,सचिवमा नेत्रप्रसाद नेपाल र उप सचिवमा कमलनारायण श्रेष्ठलाई चयन गरेको छ । अधिबेशनले दहालको अध्यक्षतामा ४५ सदस्यिय क्षेत्रीय कमिटीको चयन गरेको हो । चैत १ गते सल्यानकोट गाविसको रिङनेमा भएको क्षेत्रीय अधिबेशनको उदघाटन कार्यक्रममा सहभागी हुन प्रमुख अतिथि वामदेव गौतम र अन्य नेता तथा कार्यकर्ता चढाउन तीनवटा हेलिकप्टर प्रयोग भएपछि अधिबेशनको उदघाटन निकै चर्चामा आएको थियो । आन्तरिक तयारीका लागि वन्द सत्रले नेकपा एमाले क्षेत्र नम्बर १ का राष्ट्रिय प्रतिनिधि परिषद डाक्टर रामकुमार अधिकारीको अध्यक्षतामा गठन गरेको निर्वाचन समितिले सर्वसम्मतवाट नेत्तृत्वको चयन गरेको हो । निर्वाचन समितिमा एमाले धादिङका जिल्ला कमिटी सदस्य उमेश थापा,रामहरी अधिकारी लगायत रहेका थिए ।