खोजखबर

पुस्तक नपाएको भन्दै विभिन्न जिल्लाका सरोकारवाला जनक शिक्षामा

By Dhadingnews.com

April 20, 2014

भक्तपुर, वैशाख ७ – शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नपुगेका विभिन्न जिल्लाका सरोकारवाला पुस्तक माग गर्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेका छन् ।

धादिङ, रामेछाप, सर्लाहीलगायत जिल्लाका जिल्ला शिक्षा अधिकारी, पुस्तक वितरक, शिक्षक संघसंगठनलगायतका प्रतिनिधिले आइतबार जनक शिक्षा सामाग्री केन्द्रमा पुगेर तत्काल पुस्तक उपलब्ध गराउन माग गरेका हुन् ।

अहिलेसम्म कक्षा १ देखि १० सम्मका कुनैपनि पाठ्यपुस्तक नपाएपछि माग गर्न जनक शिक्षामै आउनुपरेको धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीेले जानकारी दिनुभयो । पुस्तक वितरकले पाठ्यपुस्तकका लागि रकम बुझाइसकेपनि अझै पाठ्यपुस्तक नपाएको बताएका छन् ।

जनक शिक्षाका प्रबन्ध संचालक अनिल झाले सरकारले समय मै माग अनुसारको रकम उपलब्ध नगराएको तथा मतपत्र लगायत सामान छपाई गर्नुपरेको, कर्मचारीको आन्दोलन पुराना मेशिनलगायत समस्याले समयमै आवश्यक पुस्तक छाप्न नसकिएको बताउनुभयो ।

अब ४० लाख थान पुस्तक छपाई गर्न बाँकी रहेको जानकारी दिँदै झाले वैशाख महिनाभित्र सवै ठाउँमा पुस्तक पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो उज्यालो अनलाईनले खबर लेखेको छ । ।