हाम्रो पालिका

जिल्ला विकास समितिको कार्यालय धादिङको सूचना

By Dhadingnews.com

April 23, 2014

जिल्ला विकास समितिको कार्यालय धादिङद्वारा व्यवस्थापन हुन गैरहेको खरिदार पदको लोकसेवा आयोग तयारी कक्षा २०७१ साल वैसाखको दोस्रो हप्तावाट संचालन हुने भएकोले उक्त तयारी कक्षामा सामेल हुनको लागि आवेदन दिने म्याद वैसाख १४ गते सम्म कायम गरिएकोले उक्त अवधि भित्र तपसिलमा उल्लेखित कागजात सहित यस कार्यालयमा सम्पर्क गर्नुहुन सवैमा सूचित गरिन्छ । तपसिल १. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी २. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी ३. आर्थिक अवस्था खुल्ने सम्वन्धित गा.वि.स.को सिफारिस ४. तोकिएको ढाँचामा रितपूर्वक निवेदन ५. लोकसेवा आयोग खरिदार पदको आवेदन फाराम भरेको भए प्रवेश पत्रको प्रतिलिपी

जिल्ला विकास समितिको कार्यालय धादिङ