हाम्रो पालिका

पहिलो पटक निर्वाचन वाट एमाओवादीको जिल्ला समिति र केन्द्रिय प्रतिनिधिहरुको चयन

By Dhadingnews.com

April 27, 2014

धादिङ,१४ बैशाख ः एकीकृत नेकपा माओवादी धादिङले पहिलो पटक निर्वाचन प्रकृयावाट जिल्ला कार्य समिति र केन्द्रिय प्रतिनिधिहरुको चयन गरेको छ । पार्टीको संशोधित विधान अनुसार ३८ सदस्यिय जिल्ला कमिटीका लागि ९३ जनाले र १८ जना केन्द्रिय प्रतिनिधिका लागि ४१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

सहमतिमा नेत्तृत्व चयन तथा केन्द्रिय प्रतिनिधि चयन गर्ने प्रयास असफल भएपछि शनिवार दिउंसो पार्टी नेत्तृत्व निर्वाचनबाट जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि चयन गर्ने टुङ्गोमा पुगेको थियो । शनिवार सांझ सम्पन्न भएको निर्वाचनमा जिल्लाभरबाट ३ सय २७ प्रतिनिधि सहभागी भएका थिए् । निर्वाचन सम्पन्न भएलगत्तै रातीनै मतगणना सम्पन्न गरी परिणाम सार्वजनिक गरेको भएपनि मतगणनामा धांधली भएको भन्दै विवाद शुरु भएपछि आईतवार विहान पुन मतगणना गरी दिउंसोमात्र परिणाम सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले आईतवार पत्रकार सम्मेलन गरी घोषणा गरेको नतिजा अनुसार केन्द्रिय प्रतिनिधिमा रामवहादुर भण्डारी,पुष्पबिक्रम मल्ल,राजु नेपाल,वेदनिधि अधिकारी,मनराज थापा,विजय बुर्लाकोटी,विरवहादुर तामाङ, दिपक विश्वकर्मा,शंकर अधिकारी,सीताराम कोईराला,चन्द्रवहादुर सिलवाल,शुदर्शन खतिवडा चयन भएका छन । यसैगरी दुर्लभकुमार तामाङ,सिर्जना रिजाल,दिपक लामिछाने,चक्रवहादुर भण्डारी,अर्जुन नगरकोटी र कमल सापकोटा पनि केन्द्रिय प्रतिनिधिमा चयन भएको वताईएको छ । जिल्ला कार्य समितिमा ३८ जनाका लागि भएको निर्वाचनमा ९३ जनाले प्रतिस्पर्धा गरेकोमा रामवहादुर भण्डारी,पुष्पबिक्रम मल्ल,राजु नेपाल,मनराज भण्डारी,विजय बुर्लाकोटी, चक्रवहादुर भण्डारी,दिपक लामिछाने,शंकर अधिकारीविश्वराज अधिकारी, सिर्जना रिजाल,सिताराम कोईराला,दिपक विश्वकर्मा,कृष्ण थपलिया,राम ढकाल,दिपा कंडेल लगायत रहेका छन । जिल्ला समितिमा चयन भएका सदस्यहरुमध्येवाट कार्य समितिको पदाधिकारीको चयन गरिने सदस्य पदमा निर्वाचित रामवहादुर भण्डारीले वताए । जिल्ला विकास समितिको हलमा सम्पन्न सम्मेलनको मा अहिले मतदान भइरहेको छ । सम्मेलनको पूर्वमहासचिव पोष्टबहादुर बोगटीले शुक्रबार उदघाटन गरेका थिए । यसै महिनाको अन्तिम साता विराटनगरमा हुने महाधिवेशनका लागि एकीकृत माओवादीको जिल्ला सम्मेलनहरु भइरहेका छन् । सम्मेलनबाट निर्वाचनमार्फत जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन भइरहेको छ ।