निर्मल भण्डारी
विद्यार्थीलाई सरले नकुटे कस्ले कुट्ने ??? एक जना अभिभावकको भनाई हो यो। यो मात्र होइन एक जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भन्नु भयो विद्यार्थीलाई कस्ले भन्यो पिट्न हुदैन भनेर ??? स्यम् विद्यार्थी अली अली त कुट्नै पर्छ नी भन्छन । यस्तो मानसिकतामा भएका विद्यालय,शिक्षक,विद्यार्थी र अभिभावकका लागि यो एउटा ठूलै चुनौति पनि हो परिवर्तनका लागि । मैले शिक्षा क्षेत्रमा काम गर्न लागेको खासै धेरै समय त भएको छैन तर पनि भय रहित शिक्षा कसरी सम्भव हुन्छ भन्दै विभिन्न विद्यालयमा पुगे र यसको विकल्पको वारेमा छलफल चलाए र निश्कर्षमा पुगे वास्तबमै भय सहितको शिक्षालाई भय रहित वनाउन सकिदो रहेछ त्यो पनि उपलब्धी सहितको । जापनामा जुत्ता कम्पनीका मजदुरले हड्ताल गरेछन आफ्नो अधिकारको लागि । तर उनीहरुको हड्ताल गर्ने नेपाली तरिका भन्दा भिन्न थियो । उनीहरुले कार्खाना नै वन्द गरेनन उत्पादन गरिनै रहे तर दुवै जुत्ता भने होइन एका पटीको मात्र । जसको कारणले बजारमा जुत्ताको अभाव भयो र कम्पनी मालिक वार्तामा वस्न बाध्य भयो र वार्ता पनि सफल भयो वार्ता सफल भए पछि कामदारहरुले पून अर्का पटिको जुत्ता उत्पादन सुरु गरे जसको कारण एकै दिनामा बजारमा जुत्ता जान पायो । यो एउटा उदाहरणीय कार्य हो । र उपलब्धी सहितको आन्दोलन पनि हो । फरक सोच र फरक विचार हुनु हामी सबैको चाहाना हुनु पर्छ । यही घटनाबाट म मा पनि भय रहित शिक्षालाई व्यवहारिक वनाउन उपाय खोज्दै हिडे र हिडिनै रहेको छु । निष्कर्षमा पुग्न बाकि छ । विद्यार्थीले विद्यालयमा होमवर्क गरेन भने सरले लठ्ी प्रयोग गर्ने, केही वद्मासी गर्यो भने लठ्ी नै हान्ने, वा गाली गर्ने यही परिपाटी छ हामीकहा । लठ्ी र हप्काउ खाएका ती कलीला मानसिकता वोकेका विद्यार्थीले के सिकाई होला ??? उनीहरुको घरमा भाइ बहिनीले काम विगारे भने उनीहरुले के गर्लान ??? जे सिके त्यही गर्छन यसमा दुईमत छैन । हामी सबै मिल्यो भने पक्का पनि दण्डलाई उपलब्धीमूलक पनि वनाउन सकिन्छ । मेरो छलफलमा मैले पाएको के हो र कसरी वनाउने भयरहित शिक्षा र उपलब्धीमूलक शिक्षा विद्यार्थीको टिफीन समय खेल्ने समय हो । यस समयमा विद्यार्थीलाई जसले गल्ती गरेको उनीहरुलाई एउटै कोठामा राख्ने र उनीहरुलाई निम्न कामहरु दिन सकिन्छ जस्तै कहिले कथा पड्न लागाउने, कहिले अग्रेजी वा नेपालीको एक पेज लेख्न लगाउने, चित्र वनाउन लगाउने, कथा लेख्न लगाउने , हिसाबको सुत्र कण्ठ गर्न लगाउने, कविता लेख्न लगाउने इत्यादी विद्यार्थीको उमेर र कक्षा अनुसार अनुकुलतामा गर्न सकिन्छ । त्यसै गरी अन्य समयमा यदि ८ कक्षाको विद्यार्थीलाई सजाय दिनु पर्ने भएमा उसलाई १० मिनेट ३ कक्षामा गएर पढाउन लगाउने, वा दुई कक्षालाई सफा सुग्घर वनाउने जिम्मा दिने । अर्काे तरिका कुनै विद्यार्थीले गल्ती गरेमा उसको नाम सहित गरेको गल्ती उल्लेख गरी कक्षा कोठामा टाँस गर्न सकिन्छ । धेरै यस्ता गल्ती गरेमा उसको अभिभावकलाई विद्यालयमा चिठी पठाउने गरेमा पनि भएसहित शिक्षालाई उपलब्धीमूलक भयरहित शिक्षा वनाउन सकिन्छ । यी माथिका केही तरिका मात्र हुन तर हामीले यसको सिकाइबाट अन्य थुप्रै नौला बिधिहरु पनि खोज गर्न सकिन्छ र प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । यसबाट हामीलाई पनि ऋचभबतष्खभ वनाउछ । तर हामी ऋचभबतष्खभ हुने वाहानामा उनीहरुको अपमान भने गर्नु हुदैन ।
व्यवहारिक शिक्षा जोड किन न दिने ??? रामकुमार कक्षा ९ मा पढ्ने एक विद्यार्थी हुन । उनी कक्षामा सबै भन्दा बढी नम्बर ल्याउछन । तर विद्यालयमा उनी एक नम्बर वद्मासमा पनि गनिन्छन । आफूभन्दा सानो कक्षामा पढ्ने विद्यार्थी लाई कुट्ने, कानमा मुन्द्रा लगाउने, कपाल पाल्ने जस्ता गतिविधिमा उनी संलग्न छन। एक पटकको घटना हो शिक्षकले गाली गर्दा मुख मुखै लागेका र एक्लै भेटेमा पिट्ने धम्की समेत दिएका रहेछन। उनको व्यवहार विद्यालयमा मात्र यस्तो होइन घर र समुदायमा पनि यस्तै छ । बाबु आमाले भनेको कुनै पनि कुरा टेर्दैनन रे गाउँमा झगडा गर्नु परेमा पहिला नम्बरमा आउछन उनी । यस्ता प्रवृतिका व्यक्ति रामकमार परिक्षामा भने राम्रो नम्बर ल्याछन । यस्तो कुरा थाहा पाए पछि त्यस विद्यालयको प्र अ सँग म मैले एउटा प्रश्न गरे विद्यालयमा अनुसासनको पाठ पढाउने चलन छैन ।