मुख्य समाचार

तेईस बर्ष पढाएर खाली हात घर फर्कनुभयो नलाङका शिक्षक टंकनाथ शर्मा

By Dhadingnews.com

April 29, 2014

-केशव अधिकारी

धादिङ–धादिङको नलाङ निवासी टंकनाथ शर्माले शिक्षण पेशा अंगालेको २३ बर्ष पछि २०७१ बैशाख १५ गते उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश पाउनु भएको छ । २०३२ देखि २०४२ सम्म स्थायी र २०४८ देखि २०७१ सम्म अस्थायी शिक्षक भएर काम गर्नुभएका शर्मालाई मंगलवार नलाङ माध्यमिक बिद्यालयले एक कार्यक्रमका बिच विदाई गरेको थियो । शिक्षक शर्माले पेशागत हितका लागि आजाव उठाएकै कारण जुन अन्याय भोग्नु पर्यो त्यसका वारेमा मुलुकका निति निर्मातादेखि शिक्षकहरुका पेशागत संघसंगठनका नेत्तृत्वहरु जानकार भएर पनि केही गर्न सकेनन । आंफु माथि अन्याय भएको भन्दै अन्तर्राष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवस२०७० भदौ २४ गतेका अवसरमा जिल्ला शिक्षा कार्यालय धादिङका तर्फबाट सम्मानित जिल्लाका पुराना  शिक्षक टंकनाथ शर्मा तिमिल्सिनाले सम्मान अस्वीकार गर्नुभएको थियो ।  ।

उमेर हदका कारण २०७१ बैशाख १५ देखि   अनिवार्य अवकासमा पर्ने भएपछि धादिङ नलाङ माध्यमिक विद्यालय नलाङका शिक्षक तिमिल्सिनाले  जिल्ला शिक्षा कार्यालयले शिक्षा दिवसका अवसरमा प्रदान गरेको सम्मान अस्वीकार गर्दै आफ्नो समस्या समाधानका लागि पहल गरिदिन जिल्ला शिक्षा अधिकारी संग लिखित आग्रह गर्नुभएको थियो ।

को हुन त शिक्षक शर्मा उहां माथि यस्तो अन्याय कसरी भयो  ?

 

‘ कसरि अन्यायमा पर्नुभयो शिक्षक टंकनाथ शर्मा तिमिल्सिना’