सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा टप टेन छनौट

678 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_0369पोखरा-सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनको पाँचौ संस्करणमा बुधबार उत्कृष्ट १० छनौट भएका छन् । उत्कृष्ट १२ बाट टप टेन छनौट गरिएको हो । न्यूरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज वारमा बुधवार सम्पन्न अडिसनमा प्रकाश गौतम र रत्ना गुरुङ बाहिरिएपछि अब जेनिता राई, अनिल बिक, ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी, राजिव परियार, सम्राट गायक, दीपेश भट्टचन र कुन्साङ गुरुङ टप टेनमा पुगेका हुन् ।

टप टेन प्रतियोगीहरुले टप नाईनमा स्थान बनाउन आगामी आईतबार प्रतिष्पर्धा गर्नेछन् । अव हुने अडिसनबाट एक–एक जना प्रतियोगी बाहिरिनेछन् । अबको छनौट एसएमएस भोटिङबाट समेत हुनेछ । श्रोताहरुले मनपरेको प्रतियोगीलाई भोट गर्न सक्नेछन् । टप थ्री मात्र फाईनल राउण्डमा भिड्ने भएकाले टप टेनदेखि टप फोरसम्म श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णय अधिकार रहने एफएमले जनाएको छ ।

‘प्रतियोगिता निकै कडा बन्दै गएको छ ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘प्रतिस्पर्धीहरुले पनि निकै कडा अभ्यास गर्नुपर्ने देखिन्छ ।’ यस्तै, संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापाका अनुसार सबै प्रतिस्पर्धीहरु उपाधिका लागि योग्य भईसकेकाले निर्णय गर्न पनि निकै गाह«ो भईरहेको छ ।

संगीत राउण्डको शुरुवातसंगै बिग आईकनको आयोजक संस्था बिग एफएमले प्रतिस्पर्धीहरुलाई अडिसनको अघिल्लो दिन नै अभ्यास गर्ने व्यवस्था समेत मिलाएको छ । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौ संस्करणमा ५० जिल्लाका ८ सय ९० जनाले सहभागिता जनाएका थिए । यस पटकको बिग आईकनको विजेताले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो बिग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।

बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले बिग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा द व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । साउण्ड पार्टनरको रुपमा एस.के साउण्ड सिष्टम रहेको छ । बिग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।