रेखा थापाको ‘हिम्मतवाली’ को अफिसियल ट्रेलर रिलिज

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

001काठमाडौं- रेखा थापाको निर्माण तथा निर्देशनमा निर्माण गरिएको नयाँ चलचित्र ‘हिम्मतवाली’ को ट्रेलर रिलिज गरिएको छ । मिडिया एनपीले भिडियो शेयरिङ साइट युट्युब मार्फत यो फिल्मको ट्रेलर रिलिज गरेको हो । आगामी बडादशैंको फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा रेखाका साथमा नायक सुदर्शन गौतम संसारकै पहिलो दुवै हात नभएका नायकका रूपमा देखिँदैछन । यसअघिको चलचित्रले ‘लंका’ले व्यवसायिक रुपमा सफलता पाएपछि रेखाले आफ्नै ब्यानरमा अर्को नयाँ चलचित्रमा निर्माण गरेकी हुन । यस चलचित्रले रेखा थापालाई पून एकपटक एक्सन लेडीका रुपमा दर्शकहरू माँझ परिचित गराउने भएको छ । यस चलचित्रमा रेखाले खतरनाक स्टन्टका दृश्यहरू दिएकी छन । यो चलचित्र हेर्नका लागी सपाङ्ग दर्शकहरूका लागी २५ प्रतिशत छुट दिइने बताइएको छ । चलचित्र ‘हिम्मतवाली’ मा द्धन्द्ध निर्देशन चन्द्र पन्तले गरेका छन । बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत रहेको यस यस चलचित्रलाइ रामशरण उप्रेतीले छायाँकन गरेका छन । ‘हिम्मतवाली’मा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने आमा सरस्वती थापा निर्माता रहेकी छन ।  अब रेखाको यो एक्सन प्रधान चलचित्र ‘हिम्मतवाली’लाई दर्शकले कत्तिको रुचाउने हुन त्यो भने प्रर्दशनमा आएपछि नै थाहा हुनेछ ।