‘मेघा लाइभ कन्सर्ट २०१४’ को तयारी अन्तिम चरणमा

609 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????काठमाडौं, – फ्रेन्ज एण्ड ग्रुप इन्टरटेन्मेण्टको आयोजनामा हुन लागेको ‘मेघा लाइभ कन्सर्ट २०१४’ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
भाद्र १४ गते हायत ओपन ग्राउण्ड, चुच्चेपाटीमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित व्याण्डहरु एक्स व्याण्ड, अनुप्रस्थ व्याण्ड, सुनिल बर्देवा, द त्रिप्लेट (फ्यूजन व्याण्ड), डिवान एण्ड एकाग्रह, रुट्स, द गोर्खालीज् गल्सका साथै अन्य कलाकारहरु प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै डिजे सेसनमा डिजे तेन्जिङ रहेका छन् ।
कार्यक्रमका लागि हाल सम्म ५ हजार टिक विक्रि भैसकेको आयोजकले जनाएको छ । कार्यक्रमका लागि करीब ३ सय सेक्यूरिटि गार्ड, एक सयको हाराहारीमा नेपाल प्रहरी रहने जनाएको छ ।
कार्यक्रममा सहभागीका लागि साधारण तर्फ २५० र विद्यार्थी सहुलियत तथा महिलाका लागि १५० रहेको छ । कार्यक्रम स्थलमा खाजा, पेय पदार्थ, फेस पेन्टिङ, फोटो सेसन, इन्फरमेशन डेक्स लगायत रहने छन् ।
पुरानो शिक्षा प्रणाली लाई परिवर्तनका लागि युवा आवाज, पुस्तक संकलन तथा वितरण, असाहय व्यक्तिहरुको लागि डिसेवल रिह्याविलिटेशन सेन्टर नेपाल मार्फत सहयोगार्थ, बाढी पिडितहरुका लागि राहत संकलन र नेपाली संगितको प्रवर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कलाकार धु्रब डिवानले बताए ।