सरकारले हामीसँग सौतेला व्यवहार गर्यो : सुभाष

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Program 2काठमाडौं, -जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका नवनिर्वाचित अध्यक्ष मनोज कुमार मण्डल (सुभाष)ले सरकारले मधेशमा सशस्त्र संघर्षरत समूहहरुसँग सौतेला व्यवहार गरिरहेको आरोप लगाएका छन् । उनले मधेशी सशस्त्र समूहहरुसँग बारम्बार वार्ता गरेर भएको सहमतिहरु सरकार पक्षले लागू नगरेको गुनासो गरेका छन् । ‘हामीले हातहतियार बुझाइसके पनि सरकारको पक्षले हाम्रा नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने क्रम बन्द छैन’, उनले भने, ‘एकातिर वार्तामा आउ भन्ने अर्कोतिर गिरफ्तार गर्ने कार्य सरकारी पक्षबाट भइरहेको छ ।’
जतममुपाले आइतबार मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका पूर्वअध्यक्ष भगत सिंह भनिने सरकार अर्जुन सिंहलाई निलम्बन गरी नयाँ अध्यक्षमा सुभाषलाई चयन गरेको जानकारी दिएको छ । मोर्चाद्वारा जारी गरिएको विज्ञप्तिमा सुभाषको नेतृत्वमा ३७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको उल्लेख गरिएको छ ।
सहमति कार्यान्वयन गर्ने समितिद्वारा सिफारिस भएपनि हालसम्म सरकारले उक्त सिफासिरलाई कार्यान्वयन नगरेको हुनाले सहमतिहरु कार्यान्वयन गर्न दबाब दिन दबाब समिति अबिलम्ब गठन गरि मुद्दा फिर्ता गर्ने व्यक्तिहरुको नाम छानबिन गरि मुद्दा फिर्ता गर्दा समितिमा सम्बन्धित वार्ता गरिसकेका सबै पार्टीहरुबाट एक–एक सदस्य समितिमा राखिनुपर्ने माग मोर्चाले गरेको छ । साथै मुलुकको विभिन्न भागमा बाढी पहिरोले गर्दा धनजनको क्षति भइसकेको अवस्थामा पनि सरकारको तर्फबाट भरपर्दो कदम नचालेकोमा पार्टीले दुःख व्यक्त गर्दै क्षतिपूर्ति अविलम्ब दिलाउनको निमित्त संघर्ष समितिको घोषणा गर्ने निर्णय गरेको छ । सहमतिहरु कार्यान्वयन गर्न सरकार आलटाल गरिरहेको हुनाले सहमतिहरु पूर्ण रुपमा कार्यान्वयन गराउनका निमित्त वार्ता गरिसकेको सम्पूर्ण पार्टी समूहसँग मोर्चावन्दी गर्ने निर्णय समेत गरेको जनाइएको छ ।