बाढी पिडितलाई लगानीकोष कर्मचारीको सहयोग

612 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nagarik lagani koshकाठमाडौं, – नागरिक लगानी कोषका कर्मचारीले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ६४ हजार २ सय २ रुपैया प्रदान गरेका छन ।
सामाजिक कार्य अन्तरगर्त कोष कर्मचारीले स्वेच्छाले सो रकम प्रदान गरेका हुन । सो रकम संकलन गर्ने कार्यमा नेपाल बित्तिय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नागरिक लगानी कोष कर्मचारी युनियनले संयुक्त रुपमा पहल गरेको थियो । सो रकम कोषको प्रतिनिधत्व गर्दै कर्मचारीहरु पुरुषोत्तम भट्टराई, पिताम्वर अर्याल, तथा उमानाथ भट्टराईले प्रधानमन्त्री उद्वार कोषमा जम्मा गरेका हुन् । कर्मचारी संघका अध्यक्ष भट्टराईले ट्रेड युनियनहरुले सामाजिक उत्तरदायित्वका कार्यक्रममा महत्वपुर्ण भुमिका खेलेको बताए भने संगठनका अध्यक्ष अर्यालले संकलित रकमको सही सदुपयोग हुन सके मात्रै पिडितले राहत पाउनेमा जोड दिए ।