एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

573 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग
एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

पोखरा- पोखराको घारीपाटनमा रहेको एस ओ एस हर्मनमाइनरमा अध्ययनरत विद्यार्थिहरुले आफ्नो खाजा खर्चको रकम संकलन गरी वाढी पीडितलाई सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको पहिरोमा परि विस्थापित हुन पुगेका पीडितको सहयोगको लागि विद्यालयका विद्यार्थिहरुले आफ्नो खाजाखर्च कटाई वचत गरेको रकम वाढी पीडितलाई सहयोग गरेका हुन । विद्यार्थिहरुले संकलित १८ हजार तीन सय ८३ रुपया वाढी पीडित समक्ष पुर्याउन जिल्ला प्रशासन कार्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन ।
विद्यालयका प्रोजेक्ट डाईरेक्टर नवाङ दोर्जे र एकेडमीक कोअर्डिनेटर गोविन केसीको उपश्थितिमा विद्यार्थि क्याप्टेनले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृतलाई सहयोग रकम हस्तान्तर गरेका थिए ।