पुर्व बिद्यार्थीवाट नीलकण्ठ उच्च माविलाई सहयोग

676 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC09441धादिङबेसी–सामाजिक कार्यमा निरन्तर रुपमा काम गर्दै आई रहनु भएका नीलकण्ठ उमावि धादिङका पूर्व विद्यार्थी सुमन परियारले बिहीवार एक कार्यक्रमको आयोजना गरी नीलकण्ठ उमावि धादिङलाई १ लाख ३६ हजार ९ सय ७ रुपैंया विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ ।
नीलकण्ठ उमावि धादिङबेसीलाई जिल्ला कै एउटा नमुना विद्यालयको रुपमा देश तथा विदेशमा चिनाउने उद्धेश्यका साथ रकम हस्तान्तरण गरिएको समाज सेवी तथा नीलकण्ठ उमाविका पूर्व विद्यार्थी सुमन परियारले जानकारी दिनुभयो । धादिङ जिल्लाकै एक मात्र स्नाकोत्तर पढाई हुने नीलकण्ठ उमाविमा विद्यायलको सौदर्यता बढाउन बगैचाको आवश्यकताको महसुश गर्दै अष्टे«लिया, मकाउ, अमेरीका, स्पेन, जापान, ओमन, दुवई , बंगलादेश काठमाण्डौ र भैरवहवा रहेका पूर्व विद्यार्थीहरुबाट १ लाख ४ हजार ८ सय २९ र नीलकण्ठ उमाविमा अध्ययन नगरेका विद्यार्थीहरुबाट ३२ हजार ७८ रुपैंया आर्थिक रकम संकलन गरी कुल १ लाख ३६ हजार ९ सय ७ रुपैंया उक्त विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीलाई हस्तान्तरण गरिएको हो । सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उमावि सरकारी विद्यालय भए पनि विद्यालयको मर्मत, रङरोगन जस्ता कार्यक्रहरु ग्र्न अन्य सञ्चालहरुले सहयोग गर्दै आई रहेको उहााले बताउनु भयो ।