रुपचन्द्र विष्टको जीवनी र दर्शनबारे डकुमेन्ट्रि बन्दै

840 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Rudane the mysterious rebel(poster for web)काठमाडौ ,असोज ५ -थाहा दर्शनका प्रणेता,रहस्यमयी विद्रोहि राजनितिज्ञ तथा विलक्षण दार्शनिक रुपचन्द्र विष्टको जीवनी र दर्शन बारे “रुदाने दि मिष्टिरियस रिवेल ” ९च्गमबलभ स्त्जभ ःथकतभचष्यगक च्भदभ०ि नामक डकुमेन्ट्रि बन्ने भएको छ । आफ्नो सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित गरेका रुपचन्द्रको हराएको परिचय र थाहा दर्शनलाई पुन स्थापित गर्न यो डकुमेन्ट्रि निमार्ण गर्न लागीएको हो ।
इमान र नैतिकताको राजनीतिमा खडेरी लागेको यो समयमा रुपचन्द्रको जस्तो जनमुखि राजनितिक संस्कारको विकासका लागी सबैलाई झक्झक्याउनु र थाहा दर्शनलाई थप जीवन्त तुल्याउनु नै यस डकुमेन्ट्रि निमार्णको उदेश्य हो ।
१९९० सालमा मकवापुरको उत्तरी गाउँ पालुङमा जन्मिएर ११ वर्षको उमेरमै आफ्नो घरबाट विद्रोह गरेर हिडेका रुपचन्द्रले जीवनभर नेपाली श्रमिक र पिछडिएका वर्गको जागरणको लागी आफूलाई समर्पित गरेका थिए । रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ । ४०को दशकको शुरुमा लोकप्रियताको शिखरमा रहेको थाहा आन्दोलनको मुख्य कुरा भनेकै निष्पक्ष सक्रियताको अभ्यास हो । रुपचन्द्र सधै भन्ने गर्थे हामी कसैका होइनौ , कोहि हाम्रा होइनन्, हामी सत्य र न्यायका , सत्य र न्याय हाम्रो ।
रुपचन्द्रले मकवानपुरलाई कर्मथलो बनाएर उनले कृषिमा आधुनिकिकरण गराए , सामाजिक कुरिति र कुसंस्कार भत्काउने अभियान थाले अनि शिक्षा क्रान्ति चलाए । जुन वर्गको हितमा लागेको हो त्यहि वर्गको जीवन बाँच्ने क्रममा उनी सामान लोड अनलोड गर्ने कुल्लि , ट्रकको खलासि देखि ड्राइभर पनि भए ।
आफैले लेखेको चुनावी पर्चा बेचेर २०३८ सालको राष्ट्रिय पंचायत निर्वाचनमा उनी एक मात्र गैर पंच जनमुखि राष्ट्रिय पंचायत सदस्यको रुपमा निर्वाचित भए । छाप्रेहरु माझबाट उठेर निरङकुश पंचायति शासनका विरुद्ध आवाज उठाए र औला ठड्याए वापत पटक पटक उनलाई राजद्रोहको अभियोगमा थुनामा समेत राखिएको थियो ।

“रुदाने दि मिष्टिरियस रिवेल” नामक यस डकुमेन्ट्रिलाई अमित किशोर सुवेदि र विकास ढकालले निमार्ण तथा निर्देशन गर्दैछन् । विगत एक वर्ष यता रुपचन्द्रको कर्मथलो मकवारपुरका विकट चेपाङ र तामाङ वस्ती लगायत अन्य भूभागमा अध्ययन अनुसन्धान गरिरहेको र यस क्रममा डकुमेन्ट्रिको केहि भाग छाँयाङकन गरिसकेको निमार्ण पक्षले जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारि गर्दै अबको केहि महिना भित्र डकुमेन्ट्रि तयार पारि दर्शकहरु समक्ष ल्याउने जानकारी दिदै निमार्ण पक्षले डकुमेन्ट्रिको पोस्टर पनि सार्वजनिक गरेको छ ।