नुवाकोटको सुन्दरादेवी सन्देश साप्ताहिकले मनायो आफ्नो दोस्रो वार्षिकोत्सव

625 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट –नुवाकोट जिल्लामा प्रकाशन भैरहेको सुन्दरादेवी सन्देश साप्ताहिकले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । नेपाल चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्ति प्रियको पमुख आतिथ्यतमा संचालित कार्यक्रममा चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, पत्रिका संरक्षक एवं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वागमति अञ्चलका सल्लाहाकार बुद्धि सागर लामिछाने, विषेश अतिथिको रुपमा रहनु भएको थियो ।

                                                    २०६९ साल असोजबाट प्रकाशन शुरु भएको साप्ताहिकले वुधबार एक भव्य कार्यक्रम गरी कलाकार तथा खेलाडी सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । पत्रिका प्रमुख संरक्षक जनक अधिकारी सभापतित्वमा सम्पन्न कार्यक्रममा लोक संगित कला र रंग पत्रकारितामा आफ्नो अमुल्य योगदान दिएको भन्दै रंग पत्रकार शान्तिप्रिय र गिता अधिकारीलाई सम्मान गरेको छ । यसैगरी लोक गायक गायिकाहरु रमेश राज भट्टराई कृष्ण रेउले, उद्धब कार्की, सम्झना लामिछाने मगर, रिता बुढाथोकी, शर्मिला लामा, गिता रेउले, चन्दा10676420_664439353651355_574152241199624405_n अर्याल, दिनेश थापा लगायतलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी चलचित्रकी नायिका रजनी के.शी. चलचित्र निर्देशक सुमन दहाल संगितकार सरोज प्याकुरेल, चलचित्र खलनायक राजु बजाज लगायतलाई पनि साप्ताहिकले सम्मान गरेको छ ।

             नुवाकोट जिल्लाको खेलकुदलाई योगदान दिएको भन्दै आई टि एफ तेक्वान्दोका प्रमुख पशिक्षक बाशुदेब भट्टलाई सम्मान गरेको छ ।यसैगरी साप्ताहिकले स्तम्भकार चन्द्रलाल तमाग र सम्पादक अर्जुन ढुड०ेललाई पनि सम्मान गरेको छ। छोटो समयमा नै लोकप्रिय भएको साप्ताहिकले नुवाकोटमा छुट्टै पहिचान बनाएको छ । बार्षिक उत्सवको अवसरमा आयोजित सांगितीक कार्यक्रममा रमेश राज भट्टराई कृष्ण रेउले, उद्धब कार्की, सम्झना लामिछाने मगर, रिता बुढाथोकी, शर्मिला लामा, गिता रेउले, चन्दा अर्याल, दिनेश थापा, रजनी के.शी. लगायतले प्रस्तुति दिएका थिए ।त्यसै गरी शान्तिप्रिय, राजु बजाज, सुमन दहाल लगायतले पत्रिका सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।