प्रक्रियामा गएर पनि संविधान बन्छ– काँग्रेस प्रवक्ता बडू

475 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भीमदत्तनगर, – नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले माघ ८ भित्रै संविधान जारी हुने बताउनुभएको छ ।

dilendra-baduमहेन्द्रनगरमा नेपाली काँग्रेसले आईतवार  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बडूले आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्ने लक्ष्य निर्धारण भइसकेको र सहमतिका माध्यमबाट नभए प्रक्रियामा गएर पनि संविधान जारी हुने उल्लेख गर्नुभयो ।

संविधानसभा बाहिर रहेका नेकपा माओवादीसहितका दलहरुलाई पनि सहमतिमा ल्याउने सम्भावना रहेको बताउँदै उहाँले वैद्य माओवादी आफ्नै पार्टीभित्रको अन्तर विरोधका कारण गोलमेच सम्मेलनमा आउन नसकेको धारणा राख्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले संसद् अवरोध खुलाउन प्रतिपक्षसँग वार्ता भइरहेको बताउँदै छिट्टै अवरुद्ध संसद् पनि सुचारु हुने विश्वास व्यक्त गर्नुभयो । “संसद् अवरुद्धका कारण संविधान निर्माण प्रक्रियामा पनि समस्या पर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि काँग्रेस नेतृत्वले प्रतिपक्षीसँग वार्ता जारी राखेको छ ।”