राजमार्गमा लुट -ड्राइभरलाई मस्ती, यात्रुलाई सास्ती

711 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Gadi-Roke-Ka-Hotelकाठमाडौ, २६ असोज । गत साता काठमाडौं आउँदै गर्दा बर्दिया मनाउ घर भएकी मिना थापा चढेको बस विहानको खाजा खुवाउन धादिङको धार्केको एउटा खाजाघरमा रोकियो । भोक लागेको थियो, मिनाले दुईवटा पुरी र तरकारी खाइन् । खानेकुराको स्वाद हराइसकेको भए पनि उनले पैसा तिर्नै पर्थ्यो आफ्नो वालेट निकालिन् । उनको सातो त्यतिबेला गयो जब पसलेले दुईवटा पुरी र एक कचौरा तरकारीको दुई सय रुपियाँ भन्यो ।

मिनाले पैसा तिर्ने पर्ने भयो  । किन महंगो भन्ने प्रश्नको उत्तर दिन पनि आवश्यक ठानेन खाजाधरको साहुले । ‘दुईवटा पुरी र तरकारीको कति नै होला भनेर खाइयो’ मिनाले भनिन्, ‘तर होटलवालाले २ सय रुपियाँ लियो ।’

मिनाजस्ता हजारौं याुत्रुले दिनहुँ यसरी नै गुणस्तरहिन खाजा र खानाको चर्को मूल्य तिररेर ठगिनु परेको छ राजमार्गहरूमा ।

विशेष गरी रात्री बसमा यात्रा गर्ने यात्रुले महेन्द्र रागमार्गमा खुलेका होटलहरूको गुणस्तरहिन तर अति मंहगो खाना खान बाध्य भएका छन् । गाडीका ड्राइभरको मिलोमतोमा याुत्रु गुणस्तरहिन र मंहगो खाना तथा खाजा खान बाध्य भएका हुन् ।

गाडी चालकलाई भत्ता दिएर ती होटलहरूले यात्रुलाई गुणस्तर खाना र  खाजा खुवाउँदै चर्को मूल्य असुलिरहेका छन् । प्रायः एकान्तमा खुलेका त्यस्ता होटलबाट यात्रुहरू ठगिने गरेका हुन् । बस चालकले राजमार्गका रहेका त्यस्ता होटलमा यात्रुलाई खाना तथा खाजा खुवाउन गाडी लैजाने र त्यसबापत चालकलाई होटलवालाले कमिसन दिने गरेका छन् ।  त्यस्ता होटलले यात्रुलाई बासी खानासमेत खुवाउने गरेको भुक्तभोगीहरू बताउँछन् ।

दाङको लमहीदेखि धादिङको धार्केसम्म खुलेका होटलहरू प्रायः सबैबाट यात्रु गरेका छन् । लमही, चनौटा र गोरुसिङे, सुनवल, रामनगर, गैडाकोट, गल्छी, धार्के, नौविसे लगायत ठाउँमा खुलेका होटललमा गुणस्तरहिन तर मंहगो खाना–खाजा बेच्ने गरिएको छ ।

कैलालीको टीकापुरबाट काठमाडौ आउदै गरेका चिरिन्जीवि अधिकारीले दाङको बनगाउँस्थित हाइवे होटल फूडमार्टले खोले खाना खुवाएको बताए । ‘भोक लागेको बेला खाना खाइयो तर खोले खाना खुवायो’ उनले भने ।

बस चालकले कमिशनको लागि यात्रुलाई एकान्तमा खुलेका होटलमा खाना खुवाउने गरेका छन् । अधिकारी  चढेको गाडीले पनि  दाङको लमही बजारभन्दा दुई  किलोमिटर परै बनगाउँमा खुलेको होटललमा खाना खुवाएको थियो ।

यसरी एकान्तमा खुलेका होटलमा गाडी रोकेपछि यात्रुले बाध्य भएर ती होटलमा खाना खानु परेको छ । गाडी ड्राइभरलाई भने त्यस्ता होटलले भत्ता पाउने गरेका छन् । स्रोतका अनुसार चालकले त्यस्ता होटलबाट आतेजातेको ४ हजार रुपियाँ पाउने गरेका छन् ।

रात्री समयमा खुल्ने राजमार्गका किराना तथा खाजा पसलले पनि यात्रुलाई ठग्ने गरेका छन् । त्यस्ता किराना तथा खाजा पसलले मूल्यभन्दा बढी पैसा लिने गरेका छन् । ३० रुपियाँमा पाइने चिसोलाई ४० रुपियाँ लिने गरिन्छ भने ३० रुपियाँमा पाइने पकाएको चाउचाउलाई ५०, २० रुपियाँ पर्ने पानीलाई ३०, ४० रुपियाँ पर्ने  कुरमुरे, चिजबल्सलाई ६० लिने गरेको यात्रुहरू बताउँछन् ।

नेपाल राष्ट्रिय व्यवसायी यातायात महासंघका महासचिव सरोज सिटौलाले बस चालकलाई कमिशन नलिन सर्कुलर गरिएको जानकारी गराए । ‘बस चालकलाई राम्रो गुणस्तरीय होटलमा खुवाउने निर्देशन दिएका छौ’ उनले भने, ‘कमिशन लिएर यात्रुलाई खाना खुवाएको पाइए कारबाही गर्नेछौ पुलेसो डट कमले खबर लेखेको छ । ।’