मोफसलमा रहेर कलाकारीता गर्दा धेरै चुनौतीको सामना गर्नुपर्छ– कमला क्षेत्री

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kamala (1)२०४८ साल माघ २९ गते पिता मान बहादुर पौड्याल र माता दिलकुमारी पौड्यालको कोखबाट नवलपरासीमा जन्मेकी हुन् कमला क्षेत्री । सानैदेखि संगितभनेपछि हुरुक्क हुने क्षेत्री २०६९ सालबाट संगित क्षेत्रमा प्रवेश गरेकी हुन् । निकै मिहेनती स्वाभावकी छिन् उनी ।
उनी संगित क्षेत्रमा क्रियाशिल छिन् । उनी भविष्य पनि संगित क्षेत्रमा नै विताउने योजनामा छिन् । हालसम्म कमलाले ५ वटा गितको संकलन गरिसकेकी छिन् । बजारमा केही मात्र आएको छ । हालसम्म विवस मन भन्ने एल्वममा रहेको चार वटा गितहरु अनि एउटा दोहोरी गित मात्र बजारमा आएको छ जसमा दोहोरी गित चर्चित लोकदोहोरी गायिका स्व. मन्जु महत र रामु विरहीले स्वर दिनुभएको छ भने चार वटा आधुनिक गितमा प्रेम नेपाली र रिता पुनले स्वर दिनुभएको छ । शब्द संकलनको रुपमा संगित क्षेत्रमा प्रवेश गरेकी कमला आफै गित गाउने सुरमा छिन् । त्यसको लागी केही समय कुर्नु पर्नेछ । संगित क्षेत्रमा आउन धेरैले हौसला दिएको उनको भनाई छ । उनी संगित क्षेत्रमा रहेर नाम उच्च बनाउने अभियानमा छिन् । प्रेम के हो भन्ने प्रश्नमा कमला भन्छिन् जीवन जिउने दरिलो आधार । त्यस्तै उनी संगितलाई मनलाई आनन्द दिने एउटा कला र जीवनको महत्वपुर्ण आधार अनि पाटोलाई भन्छिन् । राजधानी बाहिर रहेर संगित क्षेत्रमा क्रियाशिल रहनेको पिडा व्याख्या गर्न गार्ह«ो हुने उनको ठम्माइ छ । मोफसलमा रहेर कलाकारीता गर्दा धेरै टाढा भएको आभास हुन्छ । एउटा कलाकार सफल हुन संचार माध्ययममा ठुलो भुमिका हुने उनको ठम्माई छ । मिडिया विना कलाकार अपुरो हुन्छ उनको ठम्माई हो या । कमला क्षेत्रीलाई के भनेर चिन्ने भन्ने प्रश्नमा उनी भन्छिन् अहिलेलाई शब्द संकलक मात्र भनौँ भविष्यमा केही भयो भने अवश्य भन्छु । कमला क्षेत्री बाटोमा हिड्दै गर्दा कुनै प्रशंसकले प्रेम प्रस्ताव राख्यो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा पहिला त मज्जाले हास्छु धन्यवाद दिदँै सोचेर जवाफ दिन्छु है भन्दै बाटो लाग्छु ।
उनी भन्छिन् हेर्नुहोस संसगित क्षेत्रमा रहेर काम गर्ने चाहना छ हामी जस्तो मान्छे राजधानी बस्न सक्दैनौँ । राजधानी नवसी सफल हुन पनि गार्ह«ो छ । तर पनि तँ आँट म पुर्याउछु भन्ने भगवानको बचन भने जस्तै गरि हिडेको छु र सफल पनि हुन्छु । अत्यन्त हंसिली फरासिली अनि जोसिली अनि आटिली शब्द संकलकको रुपमा अगाडी आएकी कमलाको संगितिक भविष्य उज्ज्वल रहोस् हाम्रो पनि शुभकामना ।
प्रस्तुती – किरण अधिकारी ÷नुवाकोट