उदाउने तरखरमा ‘नट्टी किडस्’

931 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nautty kidsकाठमाडौ । उत्कृष्ट गीत श्रोतालाई दिने उदेश्यले नेपाली सांगीतिक क्षेत्रमा सांगीतिक ब्याण्ड ‘नट्टी किडस्’ उदाउने तरखरमा रहेको छ । संगीतिक क्षेत्रमा मौलीक तथा नया“ श्रृजना दिनसके देशको नाम अन्तराष्ट्रिय स्तरमा समेत पुर्याउन सकिने धारणाको यो ब्याण्ड मेम्बरमा सबिन मगर, अभिषेक शिल्पकार , सुशान्त क्षत्री ,सुमन लामिछाने लगायत उत्साहित युवाहरु रहेका छन् । भने ब्याण्ड मेनेजर बिजय ‘स्टीफ्लर ’ हुन् ।
आधिकारीक रुपमा सांगीतिक क्षेत्रमा देखिने तरखरमा रहेको यो ब्याण्ड अहिले गीत तथा गीतको भिडियो तयारीमा लागेको छ । ब्याण्डले प्रमोसन गीतमा रुपमा तयार पारेको ‘चाहेको तिमीलाई ’बोलको गीतमा म्युजिक भिडीयोको आइतबार छायांकन सकाएको छ । त्रिशुली रिभर साइड रिसर्टमा भिडीयोको छायांकन भएको उक्त भिडीयोमा रुजेश शिल्पकार, सबिन मगर, अभिषेक शिल्पकार , सुशान्त क्षत्री ,सुमन लामिछाने, निश्चल काङ, अमृत मगर ,बिन्ती ,श्रृजना थकाली ,दिब्या मगर, लिडिया मगर, समि लिङ्खा, मनिषा खड्का ,अनिसा मगर ,कृती मगर लगायतको अभिनय देख्न सकिन्छ । भिडीयो दिन तथा रातमा छायांकन गरिएको ब्याण्ड प्रमोटर रुजेश शिल्पकारले जानकारी गराए ।
भिडीयोलाई दिपसन डङ्गोलले छायांकन तथा निर्देशन गरेका हुन् । गीतमा संगीत अमृत धितालको रहेको छ । ब्याण्डले गीत तथा भिडीयो छिट्टैनै बजारमा ल्याउने जानकारी दिएको छ ।