शौच गर्ने क्रममा भिरबाट लडेर मृत्यु

806 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पाल्पा, ४ कात्तिक । शौच गर्ने क्रममा पाल्पा जिल्लाको चिदीपानीमा एक व्यक्तिको भिरबाट खसेर मृत्यु भएको छ ।

बुटवलबाट पोखरा जाँदै गर्दा सिद्धार्थ राजमार्गको चिदीपानीमा मोटरसाइकल रोकेर सडकको छेउमा शौच गर्ने क्रममा पोखरा उपमहानगरपालिका–५ का २२ वर्षीय सुजित गुरुङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने आशङ्का प्रहरीको रहेको छ । मोटरसाइकलमा दुई जना सवार थिए । अर्को व्यक्तिमा पोखरा उपमहानगरपालिकाका कुशल गुरुङ रहेको प्रहरीबाट थाहा भएको छ ।