‘यहाँ कमाउन त त्यस्तै हो, खान नपाएर मर्ने अवस्था भयो’

448 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hj‘खानाखाने पैसा पनि छैन ,छिमेकी नेपाली दाजुभाईको होस्टेलमा मागेर खाँदै दिन गुजार्दै बस्नु परेको छ ।’ मलेसिया स्थित जोहोरभारु राज्यमा धेरैनैं चिन्तित अवस्थामा भेटिएका हरि कार्की भन्दै थिए, ‘यहाँ कमाउन त त्यस्तै हो, खान नपाएर मर्ने अवस्था भयो ।’ खुईए गर्दै उनले भने ‘कसले सुनिदेला हाम्रो व्यथा ।’

ईटहरी घर भएका कार्की ११ महिना अघि मलेसिया आएका थिए । काम गरेको ४ महिनाको तलबसमेत नदिएको गुनासो
गर्दै उनले नेपाल फर्काईदिए धेरै राम्र्रो हुने बताए ।

त्यहाँ रहेका कार्किको मात्र होईन एलएलएच सप्लायर्स कम्पनीमा रोजगारीका लागि आएका दुई सय बढि नेपाली युवाहरु मलेसियाको विभिन्न स्थानमा काम गरेको पैसा नपाएपछि मंलवारबाट काम बन्दगरि होस्टेलमा दिन बिताईरहेका छन् । मलेसियाको जोहोर, पेनाङ र सेलाङगर राज्यको केलाङका होस्टेलहरुमा गरि दुई सय बढिले यस्तो अवस्था भोगिरहेको कार्किले बताए ।

कार्कि, नेपाल स्थित आदर्स मेनपावर प्रालिबाट १ लाख ४० हजार बुझाएर मलेसिया आएका हुन् । यस्तै, सोही कम्पनीमा मलेसिया आएका झापा दमकका पृथ्वि सुब्बाको पनि उस्तै गुनासो रहेको छ । सुब्बा भन्छन ‘खाने पैसा पनि दिदैन , काममा पनि लगाउदैन ।’ कामदिएपनि तलब नदिएको उनले बताए ।

उनले परिवारलाई सम्पर्क गरेर श्रम मन्त्रालयमा मुद्दा समेत हालेको तर सुनुवाई नै नभएको बताए । सुब्बा हाल सेलाङगर राज्यको केलाङ सहरबाट नजिकमा रहेको श्री सन्तोसा भन्ने ठाउमा कम्पनीको होस्टेलमा बस्दै आएका छन् ।

कार्कि र सुब्बाको मात्र होईन लमजुङका दुर्गामान तामाङ, प्युठानका एम सी भट्ट, काठमाडौका हरी बहादुर कार्कि र आसामका दिपक सुनुवार लगायत दुई सय बढि युवाको मलेसियामा धन कमाउने आसा तुहिएको छ । कम्पनीमा काम नभएपछि घर फर्काउन पहल गरिदिन उनीहरुले आग्रह समेत गरेका छन् यो खबर देश परदेश डट कम अनलाईनले छापेको छ ।