देवकोटाको १०६औं जन्मजयन्ती मनाइयो

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

devkotaaकाठमाडौँ, ६ कात्तिक । त्रिमूर्ति निकेतनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६औं जयन्ती मनाएको छ ।

सञ्चारग्राममा आज आयोजित समारोहमा गोपाल पराजुली, सन्ध्या पहाडी, बाबु त्रिपाठी, बाबा वस्नेत, यादव भट्टराई र ललिता दोषीलगायतका कवि तथा कवयत्रीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदीे, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जलि हुने विचार व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा महाकवि देवकोटा, कविशिरोमणि पौडेल, नाट्यसम्राट समको पूर्णकदको सालिकमा माल्यार्पणसमेत गरिएको निकेतनका सदस्यसचिव प्रसाईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।