टर्कीको राष्ट्रिय दिवसमा नेपालको तर्फवाट बधाई

453 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rambaranकाठमाsushil koiralaaडौँ, १२ कात्तिक । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले गणतन्त्र टर्कीको राष्ट्रिय दिवसका उपलक्ष्यमा क्रमशः त्यहाँका राष्ट्रपति रिसेप तेइप इर्दाेगन र प्रधानमन्त्री अहमेत दाभुतोग्लुलाई आज बेग्लाबेग्लै सन्देश पठाई बधाई ज्ञापन गर्नुभएको छ ।

सन्देशमा उहाँहरूले टर्केली राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामनाका साथ दुई देशबीच विद्यमान मैत्रीपूर्ण सम्बन्ध आउँदा वर्षमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।