यात्रुलाई ठग्ने रामनगरका तीन होटलमा प्रशासनको ताला

692 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

talaचितवन, ६ मङ्सिर – चितवनको रामनगरस्थित तीन होटललाई गुणस्तरहीन खाना खुवाएको भन्दै सञ्चालनमा रोक लगाइएको छ ।

वाणिज्य विभागले अघिल्लो महिनामा गरेको राजमार्गका होटल अनुगमनमा यस्तो फेला पारेपछि सञ्चालनमा रोक लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सञ्चालनमा रोक लगाइएका होटलमा गीताञ्जली, रक्षा र गङ्गालक्ष्मी होटल रहेका छन् । अन्यभन्दा गुणस्तरहीन खाना खुवाएको, यात्रुलाई महँगो शुल्क लिइएको, बासी खाना खुवाएको भन्दै सञ्चालनमा रोक लगाइएको हो आवश्यक मापदण्ड र कानुनी प्रक्रिया पूरा नभएसम्म चल्न नदिइने प्रमुख जिल्ला अधिकारी विकेले जानकारी दिनुभयो ।

आजदेखि चितवनको राजमार्ग क्षेत्रका होटलको पुनं अनुगमन सुरु गरिएको छ । अनुगमनमा सो क्षेत्रका अधिकांश होटल दर्ता नै नभई सञ्चालन भएको पाइएको थियो ।