बेल्जियममा रावल बिरुद्ध प्रदर्शनी

789 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बेल्जियम, १४ जेठ । नेकपा एमालेका नेता भिम रावलले सम्बोधन गर्नुभएको एक कार्यक्रमा नेपालीहरुले नै कालो झण्डा देखाउंदै नाराबाजी समेत गरेका छन् ।

रावलको चर्को विरोध भए पछि कार्यक्रममा आयोजकले प्रहरी हस्तक्षेप गराएका थिए ।

एमाले भात्रृ संगठन नेपाल लोकतान्त्रिक मञ्च बेल्जियमको अधिवेशनलाई आइतबार सम्वोधन गर्दा जनजाति महासंघका कार्यकर्ताहरुले कार्यक्रम स्थलमै बिरोध गरेका हुन् ।

उनीहरुले भिम रावल मुर्दावाद, संघियता बिरोधी मुर्दावाद भन्ने जस्ता नारा लगाएका थिए । कार्यक्रममा वेल्जीयमका लागि नेपाली राजदुत राममणि पोख्रेल समेतको उपस्थित थियो ।

कार्यक्रमलाई शान्त बनाउन एमाले कार्यक्रर्ताहरुले पहिले नै प्रदर्शशनकारीहरुलाई बाहिर निकालन खोजेका थिए तर सफल नभए पछि बिरोध भएको थियो ।

पछि प्रहरी लगाई निकाले पछि कार्यक्रम पुन सञ्चालन गरिएको नमस्ते बेल्जियमले जनाएको छ ।