सवारी दुर्घटनमापरी धादिङबेशीमा दुई जना घाईते

604 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


मोटर साईकलले साईकललाई ठक्रर दिदाँ हिजो बेलुका धादिङबेसीमा दुई जना गम्भिर घाईते भएका छन । सिरानबजारबाट नलाङ तर्फ जादै गरेको ग ४ प ९१४६ नम्बरको मोटरसाईकलले विपरीत दिशा बाटै आउदै गरेको साईकललाई ठक्कर दिदा साईकल चालक ज्यामरुङ गाउँ विकास समिति वडा नम्बर १ का १९ बर्षिय होम बहादुर श्रेष्ठ गम्भिर घाईते हुनुभएको छ । यसैगरी मोटरसाइकल चालक लमजुङका होम बहादुर आलेमगर पनि गम्भिर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । घाईते दुवैको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौँ लगिएको छ । दुवैको टाउँकोमा र शरिरमा गम्भिर चोट लागेको छ ।