तीन दिने आखा शिविर सुरु

576 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ, मंसिर ११, तीन दिने आखा शिविर उत्तरी धादिङको दार्खा गाउँ विकास समितिमा सुरु भएको छ । दार्खा गाऊँ विकास समिती वडा नंबर ७ स्थित गणेश कुण्ड उच्च माध्यामिक विद्यालयमा बुधबार देखी ३ दिने आँखा शिविर सुरु भएको हो । शिविरको पहिलो दिन बुधबार १ सय ७२ जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएका मध्ये ४० जना आँखाका विरामीको मोतियाविन्दुको अपरेशन गरिएको छ । मोतियाविन्दुको अपरेशन गर्नेमा १४ वर्षका बालबालिकादेखी ९६ वर्षिय वृद्ध समेत रहेको आयोजकले जनाएको छ । धादिङ मिलन केन्द्र काठमाण्डौ, तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, सामुदायिक आँखा केन्द्र धादिङ र सिंखडा कल्याण कोष धादिङ काठमाण्डौको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो ।