चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्र २९ बाट हुने

828 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

चौथो राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता २०७१ धादिङमा चैत्र २९ गतेदेखी सुरु हुने भएको छ । स्थानीय स्तरमा रहेको प्रतिभालाई राष्ट्रिय तथा अन्राष्ट्रिय स्तरमा लैजाने उद्देश्यल सहित विगत केहिबर्षदेखी धादिङमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुँदै आएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित यसबर्ष भव्य रुपमा कार्यक्रमको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । यसको लागि धादिङको तीन वटै निर्वाचन क्षेत्रमा छनौट खेल हुने छ । निर्वाचन क्षेत्र स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजयी खेलाडीहरुलाई मात्र जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका प्रमुख कृष्णलाल श्रेष्ठले बताउनुभयो । क्षेत्र नम्बर १ को खेल फागुन १४ देखि १६ गतेसम्म बसेरी मावि बसेरीमा, क्षेत्र नम्बर २ को खेल फागुन ७ देखि ९ गतेसम्म धादिङ आवाशिय उच्च मावि धादिङबेसीमा र चन क्षेत्र नम्बर ३ को खेल फागुन १ देखि ३ गतेसम्म चन्द्रोदय उच्च मावि विशालटारमा हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन चाहने विद्यार्थी खेलाडीहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सेन्टरमा फारम दर्ता गराउन सक्ने छन् । प्रतियोगतामा छात्रा, छात्रा हाईजम्प, लङगजम्प, त्रिपलजम्प, ज्याभालिङ थ्रो, भलिबल लगायतका खेलहरु हुनेछन् ।