कोरियाले श्रम सम्झौता पठाउदै

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal koreaकोरिया- इपिएस भाषा परीक्षा पास गरी श्रम संझौताको प्रतिक्षामा रहेका नेपाली कामदारहरुका लागि आउदो जनवरी पहिलो साताबाट श्रम संझौता आउने छ ।  कोरियन सरकारले यस वर्षका लागि छुट्याएको ५५ हजार कोटामध्य ३० प्रतिशत जनवरीबाटै ल्याउने सुरु गर्ने बुधबार निर्णय गरेको छ ।

श्रम मन्त्रालयले यस वर्षका लागि वितरण गरेको कोटामध्य जनवरीका लागि १८ हजार तीन सय र अतिरित्त १२ सय कोटा छुट्याएको छ ।  जसमध्य औद्योगिक उत्पादन क्षेत्रका लागि १४ हजार सात कृर्षि तथा पशुपालन क्षेत्रका लागि तीन हजार ६ सय कोटा रहेको छ । बाँकी ७० प्रतिशत कोटामध्य अप्रिलमा ३०, जुलाईमा २० र अक्टोबरमा २० छुट्याईको छ । अप्रिलका लागि १२ हजार १ सय ९० र अतिरित्त ८ सय कोटा छन् । जुलाईका लागि ६ हजार ६ सय, अक्टोबरका लागि ६ हजार ५ सय ७० कोटा छुटाएको छ ।

निर्धारित कोटा अक्टोबरसम्ममा ल्याइने छ । वितरित कोटा इपिएस लागु भएका १५ वटै देशका लागि हो । २०१४ का लागि निर्धारित ५३ हजार कोटामध्य ५१ हजार २ सय ११ जनाको कम्पनीमार्फत श्रमसंझौता भइसकेकोे कोरियाका संचारमाध्ययमले जनाएका छन् । कृर्षि तथा पशुपालन क्षेत्रका लागि जनवरीमा ७० प्रतिशत र अप्रिलमा ३० प्रतिशत गरी दुइ चरणमा ल्याउने मन्त्रालयले घोषणा गरेको छ । तालिका अनुसार दोस्रो चरणका लागि जुलाईबाट वितरण हुने छ ।

 अन्तिम चरणमा कृर्षि तथा पशुपालन, मत्स्यपालन, कन्स्ट्रक्सन र सेवा क्षेत्रमा कोटा छुट्याइएको छैन् । कोटामध्य ४५ हजार नयाँका लागि र १० हजार पुनप्रवेश गर्नेका लागि छ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ४२ हजार ४ सय, कृर्षि क्षेत्रमा ६ हजार, निर्माण क्षेत्रमा २३ सय, मत्स्यपालनमा २२ सय र सेवा क्षेत्रमा १ सय कोटा तोकिएको छ । नेपालीका लागि उप्पादनमुलक र कृर्षि क्षेत्रमात्र हो । जसमध्य अदक्ष कामदार आर्पुती गर्ने उद्योगहरुमा १८ हजार ५ सय ५३ अतिरिक्त माग रहेको र २६ हजार ९ सय ३९ कामदारको करार अवधि सकिने र उनिहरु स्वदेश फर्कने जनाइएको छ ।

 इपिएस नेपालका अनुसार सन् २०१५ का लागि ३६ सय ६३ जना भाषा परीक्षा उत्र्तिण भएका छन् ।