मलेसियाका नेपाली आफ्नैबाट असुरक्षीत हुँदै

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

malayshiyaaमलेसिया (क्वालालम्पुर),  – बैदेशीक रोजगारीको लागि मलेसिया पुगेका युवाहरू नेपालीबाट समेत ठगिएको निश्कर्ष मलेसिया स्थित नेपाली दूतावासको छ । मलेसियामा ठगिनु र लुटिनु कुनै ठूलो कुरा होइन तर नेपालीबाट नेपाली ठगिनुलाई दूतवासले अस्वभाविक भनेको छ ई कान्तिपुर डट कममा खबर छापिएको छ । नेपालबाट ‘कलिङ भिसा’मा मलेसिया पुर्‍याउने र कामको खोजी गर्नेकार्य सम्वोधन हुनेक्रममा छ । तर, एउटा कम्पनीमा काम गर्नेलाई अर्को कम्पनीमा राम्रो कामको आश्वासनमा लगिदिने कार्यमा नेपाली नै संलग्न हुने र ठग्ने कार्य जारी रहेको दूतावासले जनाएको छ । यो कार्यमा संलग्न नेपालीलाई कारबाही गर्ने प्रक्रिया दूतावासले अघि बढाउन लागेको छ । यसले नेपालीलाई अलपत्र पार्ने मात्र होइन कागजपत्र विहिन बनाइदिएकोले समस्या चुलिदै गएको छ । कागजपत्र विहिन नेपाली सन् २०१४ को अन्त्य -आज) सम्म स्वदेश फर्किसक्नुपर्ने वा र्फकनको लागि कागज लिइसकेको हुनुपर्नेछ । अन्यथा काडा कारबाही हुने जनाईसकेको छ ।

पछिल्लो समय यस्तो धुत्याईपुर्वक ठगिसँगै अपराधिक गतिविधीमा समेत नेपाली सम्लग्न हुन थालेपछि समस्या थपिएकोले दूतावासलाई थप टाउको दुखाई भएको छ । श्रमकै काममा धेरै ब्यस्त भएर दुईपक्षीय अन्य विषयमा ध्यान समेत दिन कठिन भइरहेको अवस्थामा अपराधिक गतिविधीले थप समस्या थपिएको छ । मलेसियामा रहेको नेपाली ब्यवसायीहरु नेपालीकै संलग्नतामा अपहरण समेत हुन थालेपछि दूतावासलले परराष्ट्र मन्त्रालय मार्फत गृहमन्त्रालयसंग छलफल गर्दै समाधान खोजी गरेको भएपनि प्रभावकारी हुन नसकेको बताइएको छ । नेपाली ब्यवसायलाई अपहरण गर्ने, फिरौती माग्ने कार्यक्रममा समेत नेपालीसंलग्न भएको खुलेपछि त्यहाँको सरकारसंग मिलेर निगरानी गराउने भन्नेमा गृहअधिकारीसंग छलफल भइरहेको दूतावास अधिकारीले बताए । समस्या समाधान गर्ने कार्यमा एक पछि अर्को चुनौति थपिदै गएको राजदूत निरन्जनमासिंह बस्न्यातले कान्तिपुरलाई बताए । उक्त समस्याको सबै विवरण

यस्ता कार्यले मुलुकको बेइजत मात्र होइन रोजगारीमा आएकाहरु असुरक्षित हुने अवस्था आएको उनले बताए । मलेसियामा रहेको ‘क्रिमिनल ग्रुप’ संग मिलेर यस्तो कार्य गर्ने गरेको सूचना समेत दूतावासमा आएको छ । त्यहाँको गृहमन्त्रालयले गरेको सुक्ष्म अध्ययनबाट पनि केही नेपालीहरु अपराधिक क्रियकलापमा संलग्न भएको ठहर छ । नेपालीबाट मात्र सुरक्षीत महसुस गर्ने मलेसियाली नागरिकले नेपालीहरु नै यस्तो कार्यमा संलग्न भएपछि कसरी समाधान गर्ने भन्नेमा लामो छलफल भए पनि यसै गर्ने भन्ने निश्कर्षमा अझै पुग्ननसकेको राजदूतले बताए ।

मलेसियाले सुरक्षा गार्डको रुपमा नेपालीलाई मात्र विश्वास गरेको छ । ‘सुरक्षा गार्डमा कि मलेसियाली कि नेपाली नै भन्ने छ’ उनीहरुको सुरक्षागार्ड सम्वन्धी पछिल्लो नीतिमा तर नेपाली आफै त्यसमा सम्लग्न हुन थालेपछि त्यो टर्ने सम्भावना बढेको दूतावासका एक अधिकारीले बताए । मलेसियामा नेपाल सहित चीन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान लगायत १४ मुलुकका नागरिक रोजगारीको लागि खुला गरेको छ । तर सुरक्षाको लागि नेपालीमात्र विश्वास गरेको छ । अन्य मुलुकका नागरिक पनि सुरक्षा कर्मीको रुपमा आउन चाहन्छन् तर नेपालीलाई छोडेर त्यसमा निर्णय लिन भने सकेकेा छैन् ।

मलेसियामा अहिले ८ सय भन्दा बढि कम्पनीमा नेपाली काम गर्छन भने धेरै स्थानमा नेपाली सुरक्षा गार्डको रुपमा नै कार्यरत छन् । ‘पिलन्धरे सुरक्षा सम्वन्धी कुनै ज्ञान नभएको तर प्रमाणपत्र भएका’ नै भए पनि सुरक्षा गार्ड नेपाली नै हुनुपर्ने मान्यता मलयको छ । इन्डोनेसियाली नागरिकको दवदवा रहेको मलेसियामा नेपाली सुरक्षाकर्मीबाट आफूलाई सुरक्षीत सम्झन्छन् । यस्तो अवस्थामा रहेको नेपालीलाई सकेसम्म सुविधा दिलाउने प्रयासमा रहेको राजदूत बस्न्यातले बताउदै भने,’तर यहाँ आउने नेपालीहरु नेपालबाट निचारिएर आएका हुन्छन् । म्यानपावर कम्पनी, काठमाडौं स्थित दूतावास, स्वास्थ्य परिक्षण सबैबाट निचोरिदै यहाँ आइपुग्छन यहाँ पनि कमाएको रकम लुटिएको भन्दै दूतावास आउनेहरु सयौ हुन्छन । कतिले कम्पनी छोडेर अर्कोमा धेरै कमाउने लोभमा परेर कागजपत्र विहिन भएका छन् ।’

नौ  सय रिंगेटका लागि यहाँ आउने नेपालीलाई जताततैबाट निचोर्ने काम भएको राजदूत बस्न्यातले बताए । यसका सुधार होस भनेर लगातार सबै पक्षको ध्यानाकर्षण गराउदै आएको बताए । यति धेरै नेपालीको समस्या नै समस्यामा जेलिएको दूतावासलाई सहज बनाउदै लैजान लागेको दावी गर्दै राजदूत बस्न्यातले भने, ‘आएलगत्तै दुतावास भवन सारेर केही सजता ल्याए । कागजपत्र नभएर घरर्फकन नसकेकालाई फकाउने काम समेत गर्दै आएको मा अहिले पुन दूतावास सार्न पर्ने भएको छ । समस्या माथि समस्या थपिएको छ ।’ मलेसिया नेपालीहरू बैदेशीक रोजगारीको लागि जाने प्रमुख मुलुक मध्ये एक हो । मलेसियामा नौ लाख नेपाली कार्यरत रहेको अनुमान दूतावासको रहेको राजदूत बस्न्यातले बताए । पेनाङमा अवैतानिक बाणिज्य दूत नियुक्त गरेर त्यहाँबाट पनि कन्सुलर सेवा दिएका राजदूतले जोहरबारुमा पनि सम्पर्क कार्यालय स्थापना गरेर पासपोर्टको फारम भर्ने र त्यो उपलब्ध गराउने काम आरम्भ गर्न लागिएको बताए ।मलेसिया सरकारले स्विकृती दिइसकेको छ । विमानस्थलमा भेटिएका चितवनको भण्डारा घर बताउने निराजन पौडेलले भने,’हामी  अभागि नेपालमा पनि ठगिएर नै आएको । ८० हजारमा सहिछाप लगाएर डेढलाख तिरेर आएको यहाँ पनि लुटिएकाछौ । यहाँको प्रहरीबाट समेत लुटिएकाछौ । तर पनि आएको ऋण तिर्न बाध्यभएर काम गरिरहेको छु । विभिन्न दलका नेता भन्नेहरुले समेत चन्दा लिएर हैरान । सबै दलको संगठन छ हामीलाई चुसेको रकममा नेताहरु घुम्न आउछन् र ठूला गफ गरेर जान्छन के भन्नु खोई ।’ नेपालीहरु फिर्ती शिविरमा अलपत्र छन खानाको त के कुरा औषधि उपचार समेत पाएका छैनन तर पनि सरकारले पहल गर्न सकेको छैन, पौडेलले भने, ‘केहीलाई अहिलेनेपाल पठाएका छन । म विमानस्थलमा नै काम गर्ने हुनाले नेपाली भेट्छु । कुरा गर्छु । तर कति त कस्तो समस्या परेर निकै गलित भएर आएका हुन्छन्। हाम्रै दाजुभाइबाट ठगिएको अलपत्र परेको गुनासो पनि सुनाउछन ।’