श्रोत परिचालनलाई सफल सहकारी अवार्ड शुरु भयो श्रोत एक्सप्रेस

1071 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0568DSC_0560 DSC_0574धादिङ, १९ पुस- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको श्रोत परिचालन बचत तथा ऋण सहका
री संस्थाले चालु आर्थिक बर्षका लागि देशभरीकै सफल सहकारी संस्थाको व्राण्ड प्राप्त गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले तयार पारेको आधारभुत मापदण्ड पुरागर्न सफल भएपछि धादिङवेसीको श्रोत परिचालन सहकारी सस्थाले बर्षकै सफल सहकारी व्राण्ड प्राप्त गरेको हो ।
संस्थाले प्राप्त गरेको सफल सहकारी व्राण्डको उपाधि नेफ्स्कुनले केही दिन भित्रमा राजधानीका सार्वजनिक कार्यक्रम गरी वितरण गर्ने वताईएको छ । सफल सहकारी व्राण्डको उपाधि पाए लगत्तै श्रोत परिचालन सहकारी संस्थाले प्रभु मनि ट्रान्सफर र आईएमईको सहकार्यमा श्रोत एक्सप्रेस रेमिट्यान्स सेवाको समेत शुरुवात गरेको छ । सहकारीले शुरुवात गरेको श्रोत एक्सप्रेस रेमिट्यान्सको संस्थाका शेयर सदस्य ध्रुव अधिकारीले पहिलो पटक प्रयोग गर्नु भएको थियो ।
सहकारीले शुरु गरेको रेमिट्यान्स सेवाका बिषयमा जानकारी दिन संस्थाले शनिवार विहान पत्रकार सम्मेलन सम्पन्न गरेको छ । श्रोत एक्सप्रेस रेमिट्यान्स मार्फत स्वदेश तथा विदेशबाट प्रभु मनि ट्रान्सफरमार्पmत पठाएको रेमिट भुक्तानी गर्न, आन्तरिक रेमिट्यान्स पठाउन, विभिन्न बैंक तथा बित्तीय संस्था एवम सहकारी संस्थाको खातामा सिधै रकम जम्मा गर्न सकिने भएको संस्थाका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । सहकारीले सदरमुकाम धादिङबेसीका साथै नीलकण्ठ नगरपालिका र सो वाहिरका वासिन्दालाई पनि सेवा दिन गाउं गाउंमा लघु बित्त कार्यक्रम संचालनको तयारी गरिरहेको वताईएको छ ।
संस्थामा हाल नीलकण्ठ नगरपालिका र आसपासका गाविसका गरी १५ सय जना शेयर सदस्य रहेका छन । संस्थामा हाल ७ करोड ७९ लाख ८ हजार चार सय कुल शेयरपूजी, ६ करोड ७१ लाख ४९ हजार ५ सय २१ रुपैया कुल बचत निक्षेप, ७ करोड ४८ लाख ३ हजार ५ सय ६० रुपैया ऋण लगानीमा रहेको भने ८ करोड ७२ लाख ३९ हजार ४ सय ६७ रुपैया २०७१ मंसिर मसान्त सम्मको कुल बचत रहेको बताईएको छ । पत्रकार सम्मेलनकै अवसर पारेर संस्थाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको निर्माणाधिन भवनका लागि रु ५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । सहकारीका अध्यक्ष नवराज शर्माले महासंघका अध्यक्ष नवराज छत्कुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष शर्माले संस्थाको गतिविधि, लगानी तथा ऋणको अवस्था र सफल सहकारी अर्वाडका बिषयमा जानकारी गराउनु भएको थियो भने धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णलाल उप्रेती र नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीले सहकारीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।