सिभिक डेभलपमेन्ट बैंक मुनाफामा,पाँचौ साधारण सभा सम्पन्न

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0583धादिङबेसी–धादिङ जिल्लामा मात्र कार्यक्षेत्र वनाएर काम गर्दै आईरहेको सिभिक डेभलपमेण्ट बैंकको पांचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले पुनः नारायण कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । संचालक समितिको सदस्यहरुमा गजेन्द्रमान श्रेष्ठ, टंककुमार श्रेष्ठ र गकुलप्रसाद रुवाली चयन हुनुभएको छ ।
जिल्लामै केन्द्रीय कार्यालय भएको सिभिक बैकको पुस १९ गते शनिवार धादिङ्गबेशीमा पांचौं साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक बर्ष २०७०÷७१ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोको अनुसूचीहरु समेत पारित गरेको बैकले जनाएको छ ।
यसैगरी साधारण सभाले गरेको २ः१ को अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने निर्णय समेत गरेको छ । धादिङ जिल्लामा मात्र कार्यक्षेत्र हुने गरी २०६६ साल श्रावण २९ गते देखि सिभिक बैकले सेवा दिंदै आईरहेको छ । सदरमुकाम धादिङबेसीको बीच बजारमा केन्द्रीय कार्यालय रहेको बैकको शाखा कार्यालय जिल्लाको बैरनी तथा आरुघाटमा संचालनमा रहेको छ । यसैगरी जिल्लाकै सल्यानटार, आदमघाट र धादिङबेसीको पुच्छार बजारमा एक्सटेन्सन् काउण्टर संचालनमा रहेको छ भने बैरेनी गा.वि.स.को गल्छी सदरमुकाम धादिङबेसीको सिरानबजारमा सीमित बैंकिङ्ग इकाई (समेत संचालनमा रहेको बैकले जनाएको छ ।
बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यका अनुसार विपन्न महिलाहरुलाई लक्षित गरी “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ जिल्लाको सांधभन्ज्याङ्ग, टोडके, खहरे, बैरेनी, गल्छी, आदमघाट, सल्यानटार, धादिङबेसी र मलेखुमा लघुवित्त कार्यक्रम संचालनमा रहेको छ । साथै जिल्लाका अन्य संभावित क्षेत्रहरुमा बैंकको शाखा, काउण्टर, सीमित बैंकिङ्ग इकाई र लघुवित्त कार्यक्रम बिस्तारको लागि अध्ययन एवम् गृहकार्य भैरहेको छ । बैंकको अधिकृत पूंजी रु.१० करोड, जारी पूंजी रु.५ करोड र चुक्ता पूंजी रु.५ करोड रहेको महाप्रवन्धक वज्रचार्यले वताउनु भएको छ ।
शनिवार सम्पन्न साधारण सभामा बैंकको संचालक समितिको तर्पmबाट आर्थिक बर्ष २०७०÷७१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष नारायण कुमार श्रेष्ठले बैंकले आर्थिक बर्ष .२०७०÷७१ मा ४ करोड ७९ लाख ३५ हजार व्याज आम्दानी र ७७ लाख ११ हजार अन्य आम्दानी गरी जम्मा .५ करोड ५६ लाख ४५ हजार रुपैया आम्दानी भएको वताउनु भएको थियो । आम्दानी रकम मध्ये .२ करोड ३२ लाख ३६ हजार व्याज खर्च, कर्मचारीमा ६७ लाख ८ हजार र अन्यमा रु.१ करोड १० लाख २८ हजार गरी जम्मा .४ करोेड ९ लाख ७३ हजार खर्च भई जम्मा .१ करोड ५६ लाख १५ हजार नाफा भएकोमा कर्मचारी बोनस र आयकर पश्चात खुद नाफा ९९ लाख ३९ हजार भएको जानकारी दिनु भएको थियो । साधारण सभाले शेयरधनीहरुको लागि १५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
धादिङ जिल्लाको शहरी तथा ग्रामीण भेगका समुदायको विकासका लागि सकारात्मक सोच लिएर बैंक स्थापना गरिएकाले कर्मचारी, बैंक ब्यवस्थापन र शेयरधनीहरुकोे अथक प्रयासको कारणले बैकले सफलता पाउंदै गएको अध्यक्ष श्रेष्ठको भनाई रहेको बैकका विभागिय प्रमुख प्रमोदकुमार घिमिरेद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।