अनलाईन भोटिङका आधारमा १० सभासद उत्कृष्ट घोषित 

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

top_10_ca_membersकाठमाण्डौं –अनलाईन भोटिङका आधारमा उत्कृष्ट सभासदको सूची सार्वजनिक गरेको छ । न्यूजभित्ता अनलाईनले अनलाइन भोटिङको आधारमा छानेको १० उत्कृष्ट सभासद्को नाम एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो । भोटिङको आधारमा एमालेका ४,कांग्रेसका ३ र राप्रपा नेपाल, जनमोर्चा नेपाल र एमाओवादीका १–१ सभासद सूचीमा पर्नु भएको छ । उत्कृष्ट १० सभासदमा अर्जुननरसिंह केसी, कमल थापा, केपी शर्मा ओली, गगन थापा, गोकर्ण विष्ट, चन्द्र भण्डारी, चित्रबहादुर केसी, बाबुराम भट्टराई, विकास लम्साल र रविन्द्र अधिकारी सूचीमा परेका छन् । सार्वजनिक जीवनका विशिष्ट व्यक्तित्वहरु रहेको जुरीले वरिष्ठ पत्रकारहरुलाई साक्षी राखेर अनलाइन भोटिङको प्लेटफर्म खोलेर मत परिणाम प्राप्त गरेको थियो । केही साता अघिदेखि सुरु गरिएको भोटिङको आधारमा सभासद् चयन गरिएको हो ।