पुस मसान्त सम्ममा सिभिक बैंकको मुनाफा ९० लाख ४२ हजार

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

civic newsधादिङ–धादिङबेसीमा केन्द्रिय कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैकले पुस मसान्त सम्ममा ९० लाख ४२ हजार मुनाफा आर्जन गरेको छ । बैंकले २०७१ आषाढ मसान्तसम्ममा ४० करोड ५२ लाख निक्षेप संकलन र ३२ करोड १८ लाख कर्जा प्रवाह गरी १ करोड ५६ लाख १५ हजार रुपैया संचालन मुनाफा गरेको थियो । चालु आर्थिक बर्ष २०७१।७२ को दोश्रो त्रयमास अर्थात २०७१ पौष मसान्तसम्ममा ४४ करोड ८ लाख निक्षेप संकलन र .३७ करोड ३८ लाख ३७ हजारकर्जा प्रवाह गरी ९० लाख ४२ हजार रुपैया संचालन मुनाफा गरेको बैकले जनाएको छ । त्यसैगरी “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ लघुवित्त कार्यक्रम सञ्चालन मार्फत १ हजार ५सय भन्दा बढी ग्रामीण विपन्न महिलाहरुलाई बिना धितो कर्जा प्रदान गरी स्वरोजगारको माध्यमबाट गरीवी निवारणमा सहयोग पु¥याईरहेको बैकका विभागिय प्रमुख प्रमोदकुमार घिमिरेद्धारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ ।
सिभिक डेभलपमेण्ट बैंक लि. धादिङ जिल्लामा कार्यक्षेत्र भई स्थापित एवम् धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय भएको एकमात्र “ख” वर्गको विकास बैंक हो । धादिङ जिल्लामा मात्र कार्यक्षेत्र भएको सिभिक डेभलपमेण्ट बैंक २०६६ श्रावण २९ गतेदेखि विधिवत रुपमा कार्यारम्भ भई हाल धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको बीच बजारमा केन्द्रीय कार्यालय र बैरनी तथा आरुघाटमा शाखा कार्यालय संचालनमा रहेको छ ।
यसैगरी सल्यानटार, आदमघाट र धादिङबेसीको पुच्छार बजारमा एक्सटेन्सन् काउण्टर संचालनमा रहेको छ भने बैरेनी गा.वि.स.को गल्छीमा र धादिङबेसीको सिरानबजारमा सीमित बैंकिङ्ग इकाई संचालनमा रहेको छ । त्यसैगरी बैकले विपन्न महिलाहरुलाई “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ सांध भन्ज्याङ्ग, टोडके, खहरे, बैरेनी, गल्छी, आदमघाट, सल्यानटार, धादिङ्गबेसी र मलेखुमा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको छ । जिल्लाका अन्य संभावित क्षेत्रहरुमा बैंकको शाखा, काउण्टर, सीमित बैंकिङ्ग इकाई र लघुवित्त कार्यक्रम बिस्तारको लागि अध्ययन एवम् गृहकार्य भैरहेको बैकले जनाएको छ ।
बैंकको अधिकृत पूंजी .१० करोड, जारी पूंजी ५ करोड र चुक्ता पूंजी .५ करोड रहेको छ । पुस १९ गते सम्पन्न बैकको पाँचौं वार्षिक साधारणसभाले २ः१ को अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने निर्णय गरेको पनि बैकका विभागिय प्रमुख घिमिरेद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । नियमनकारी निकायहरुबाट स्वीकृति पश्चात हकप्रद शेयर जारी गरी बैंकको चुक्ता पंूजी रु.७ करोड ५० लाख पुर्रयाइने लक्ष्य लिईएको बैकका महावन्धक प्रकाशमान वज्राचार्यले जानकारी दिनु भयो ।