असी प्रतिशत कुखुरापालक व्यवसायी व्यवसायमा फिर्ता

676 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – गत वर्षको भदौमा भएको बर्डफ्लुको माहामारीमा परेका कुखुरापालक व्यवसायीमध्ये ८० प्रतिशत व्यवसायी आफ्नो पुरानो व्यवसायमा फिर्ता भएका छन् ।

khuबर्डफ्लुको मारका कारण उपत्यकामा मात्रै कुल रु तीन अर्बको क्षति भएपछि केही व्यवसायी बाध्यात्मक अवस्थामा पुरानो व्यवसायबाट अन्य व्यवसायमा लागे पनि ८० प्रतिशत व्यवसायी पुनः कुखुरापालन व्यवसायमै फर्केका हुन् ।

व्यवसायमा एकाएक रुपमा आइपरेको माहामारीले व्यवसाय नै गम्भीर सङ्कटमा परेको र सरकारबाट अपेक्षित सहयोग पनि प्राप्त गर्न नसकेको व्यवसायीको गुनासो छ ।

बर्डफ्लुले उपत्यकामा मात्रै रु तीन अर्ब क्षति भए पनि सरकारबाट कृषकलाई हालसम्म रु २५ करोड मात्र अनुदान सहयोग उपलब्ध गराइएको कुखुरापालक किसान सङ्घ काठमाडौँका अध्यक्ष गणेश कुँवरले जानकारी गराउनुभयो ।

उपत्यकाभित्र काठमाडौँमा लगभग ३०० को सङ्ख्यामा र भक्तपुरमा ५०० को सङ्ख्यामा कुखुरापालक व्यवसायी रहेका छन् ।

सरकारले बर्डफ्लु पीडित व्यवसायीलाई बोइलरप्रति कुखुरा रु १३० र अन्य जातको प्रतिकुखुरा रु २५० अनुदान सहयोग उपलब्ध गराएकामा पछिल्लो समयमा उक्त अनुदान सहयोगमा ७० प्रतिशत थप गर्ने निर्णय गरेको कुँवरले बताउनुभयो ।