दुईवटा उद्योग वाणिज्य संघ एउटै हुने बाटोमा अवरोध

855 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_2454 copyधादिङ–धादिङका दुईवटा उद्योग वाणिज्य संघलाई एउटै बनाएर सञ्चालन गर्ने बिषयमा भएको लिखित सहमती कार्यान्वयनमा गम्भिर समस्या देखिएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले सोमवार देखि कार्यवाहक अध्यक्षको जिम्मेवारी संस्थाका वरिष्ठ उपाध्यक्ष रुद्रवहादुर खत्रीलाई दिएपछि दुईवटा उद्योग वाणिज्य संघ एउटै बनाउने बिषयमा यस अघि भएको लिखित सहमती कार्यान्वयनको मार्गमा अवरोध आएको हो ।
दुई बर्ष देखि जिल्लाका उद्यमी व्यवसायीहरु दुईवटा उद्योग वाणिज्य संघमा आवद्ध रहंदै आएकोमा जिल्लाका राजनैतिक दल, स्थानीय प्रशासन, उद्यमी व्यवसायीका प्रतिनिधिहरुको पटक पटकको छलफल पछि गएको पुस ६ गते दुईवटा संस्थालाई एउटै वनाएर लैजाने बिषयमा दुवै संस्थाका पदाधिकारीहरुका बिच लिखित सहमती भएको थियो ।
एउटै समयमा दुईवटा महोत्सवको तयारीमा जुटेका उद्यमी व्यवसायीहरु एक भएर पुस ७ गते देखि १७ गते सम्म धादिङबेसीमा मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव सम्पन्न गरेका थिए । धादिङ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघमा रहेका व्यवसायीहरुलाई एउटै संस्थामा आवद्ध गराउने बिषयमा सहमती भएपछि माघ ५ गते भित्रमा उद्योग वाणिज्य संघका सदस्यहरुको सदस्यता धादिङ उद्योग वाणिज्य संघमा सार्ने लिखित सहमती भएपनि माघ २६ गते सम्म पनि लिखित सहमती कार्यान्वयन हुन सकेको थिएन । सोही सहमती अनुसार धादिङ क्षेत्र नम्बर १ का ७९ मध्ये ६४ जना सदस्यहरुको सदस्यता धादिङ उद्योग वाणिज्य संघले स्विकार गरिसकेको भएपनि क्षेत्र नम्बर २ र ३ का सदस्य व्यवसायीहरुको सदस्यता भने स्विकृत हुन सकेको छैन ।दुई संस्थाका सदस्यहरुलाई एउटै संस्थामा आवद्ध गराउन दुवै संस्थावाट तोकिएका व्यक्तिहरु रहेको ६ सदस्यिय सदस्यता छानविन सिफारिश समितिको सिफारिशमा माघ ५ गतेनै ८ सय १६ जनाको पूर्ण कागजात र ८० जनाको आशिंक कागजात सहित सदस्यता स्विकृतका लागि उद्योग वाणिज्य संघ धादिङका पदाधिकारीहरुले धादिङ उद्योग वाणिज्य संघमा लिखित रुपमा पेश गरेका थिए ।
लिखित रुपमा गरेको सहमती कार्यान्यवनमा ढिलाई गर्दै आईरहेका धादिङ उद्योग वाणिज्य संघले निर्णय कार्यान्वयन नहुंदै वरिष्ठ उपाध्यक्ष रुद्रवहादुर खत्रीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि पुस ६ को सहमती कार्यान्वयन हुनेमा व्यवसायीहरुले  शंका व्यक्त गरेका छन । माघ २६ गते सोमबार देखि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका खत्रीले आंफुलाई दैनिक कार्यसञ्चालनका लागि आउने कार्य सम्पादन गर्ने वाहेक अन्य निर्णय लिने अधिकार नभएकोले उद्योग वाणिज्य संघ धादिङबाट सिफारिश भई आएका सदस्यहरुको बिषयमा निर्णय लिन आंफुले नसक्ने वताउनु भएको छ ।