धादिङ समाज कोरियाको अध्यक्षमा नवराज बोहोरा चयन

658 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  10997184_762568550492669_140687876_n

दक्षिण कोरिया– धादिङ समाज दक्षिण कोरियाको चौथो साधाणसभा दक्षिण कोरियामा बुधबार सम्पन्न भएको छ ।  संस्थाको अध्यक्षमा नबराज बोहोरा ,उपाध्यक्षहरुमा युवराज दनै ,केदार नेपाल र रामकृष्ण अधिकारीलाई चयन गरेको छ। त्यसैगरी महासचिवमा बलराम पाठक ,सचिवमा उतमथापा ,कोषाध्यक्षमा सन्तोष अधिकारी र सदस्यहरुमा रामशरण नेपाली ,अजय घले ,रमेश श्रेष्ठ ,हरि छत्कुली ,भरत सुबेदी ,राम प्रसाद अर्याल ,ज्ञान बहादुर सिंह ठकुरी र शान्त पाण्डे रहेका छन् ।त्यसैगरि प्रकाश धमला ,कमल तामाङ ,रेगन तामाङ संरक्षकमा रहनुभएको छ भने बसन्त सिम्खडा ,इश्वर रुपाखेती ,केशब लोहनी ,मनोज थापा ,रामशरण भट्ट ,रामहरी दाहाल ,सुदर्शन खातिवोड़ा सल्लाहकारमा चयन हुनुभएको छ ।संस्थाको साधारण सभाको निर्णयबाट धादिंगको सदरमुकाम धादिङ बेशीमा सार्वजनिक शौचालय निर्माणका लागि संस्थाका निवर्तमान उपाध्यक्ष एबं सल्लाहकार मनोज थापाको संयोजकत्वमा निर्माण उपसमिति पनि गठन गरेको छ ।धादिङ समाजलाई स्थापनाकाल देखिनै अतुलनीय सहयोग गर्नुहुने NRN दक्षिण कोरियाका महासचिब  प्रकाश धमला ,संस्थाका संस्थापक अध्यक्ष  सुदर्शन खतिवडा ,र नेपालबाट कोरिया आई व्यवसाय गरिरहनुभएका सफल व्यवसायीहरु  रेगन तामाङ , कमल तामाङ र चिट्टा कार्यक्रममा बिशेष भूमिका निभाउनू भएका केदार नेपाललाई सम्मान गरेको छ