बिहेभोजका लागि तीन दिन विद्यालय बन्द

94 पटक पढिएको

प्रकाशित मिति: १५ फाल्गुन २०७१, शुक्रबार ०८:२५

सम्पादक: Dhading News

बारा । पर्साको सेढवामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक जितेन्द्रप्रसाद गौरका छोराछोरीको बिहेभोजका लागि तीन दिन बन्द भएको छ। सार्वजनिक सूचनै जारी नगरी विद्यालय प्रशासनले बुधबारदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गरेको हो।

प्रधानाध्यापक गौरकी छोरीको बिहे बिहीबार भएको छ भने उनका छोराको बिहे बुधबार भएको थियो। विद्यालयका सबै १४ शिक्षक हेडसरका छोराछोरीको बिहेमा सामेल भएकाले तीन दिन विद्यालय बन्द भएको विद्यार्थीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

मंगलबार कक्षा सकिने बेला हेडसर गौरले विद्यार्थीलाई आइतबारमात्र विद्यालय आउन निर्देशन दिएका थिए। ‘हेडसरले अब आइतबारमात्र स्कुल खुल्छ भन्नुभयो’, कक्षा ९ मा अध्ययनरत विनोद साहले बिहीबार भने, ‘त्यसैले हिजो र आज स्कुल गइनँ। भोलि पनि जानु पर्दैन।’

स्रोतव्यक्ति नेपालेन्दु साहले स्रोत केन्द्रस्तरीय निर्णय नभई विद्यालयले सार्वजनिक बिदा दिन नमिल्ने बताए। यसअघि वीरगन्ज १४ श्रीपुरस्थित माउन्ट एड्मन्ड मावि एक शिक्षकको बिहेभोजका कारण गत माघ १८ गतेदेखि २० गतेसम्म बन्द थियो।

त्यस्तै पर्साको लवाहरथकरी ७ खेस्राहामा रहेको हरिहरराज उपाध्याय नेपाल राष्ट्रिय प्राविमा पनि गत माघ १४ गते हेडसरका छोराको टीकाटालोमा सबै शिक्षक गएपछि पढाइ भएन।

– See more at: http://www.onlinekhabar.com/2015/02/246113/#sthash.g7Ak0g5C.dpuf



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१५ फाल्गुन २०७१, शुक्रबार ०८:२५ मा प्रकाशित

समाचार

सबै

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार.....

नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

काठमाडौं - बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे.....

अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

केशव अधिकारी धादिङ,३ कात्तिक - धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा.....

बुढीगण्डकी आयोजनाको बाँकी मुआव्जा छिट्टै आउने

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणमा भएको ढिलाईलाई अन्त्य गर्न सरोकारवाला.....

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार.....

Categories