गर्भवती अवस्थामा सेक्स कसरी गर्ने (टिप्स तस्विर सहित)

5090 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sexयौन दाम्पत्य जीवनमा निक्कै महत्वपूर्ण छ । महिलाहरुका विभिन्न स्त्री विशिष्ठ समस्या हुने भएपनि पुरुषहरुमा भने सँधै नै यौन सम्बन्ध राख्ने चाहाना   हुन्छ । त्यस्तै जटिल अवस्था हो गर्भवती अवस्था ।


गर्भवती अवस्थामा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन वा हुने भए कसरी गर्ने भनेर धेरै अलमलमा देखिन्छन् । तर चितित्सकहरु भन्छन् वास्तवममा गर्भवती अवस्थामा पनि यौन सम्बन्ध राख्न सकिन्छ तर त्यो पेटमा भार पर्ने वा बच्चालाई असर गर्ने स्तरमा हुनु  हुँदैन ।

गर्भवति अवस्थामा यौन सम्बन्ध कसरी राख्न सकिन्छ र सुरक्षित आसनबारे यहाँ केही तस्विर सहितका टिप्स प्रस्तुत गरिएको छ ।

एकै दिशामा सुतेरः

स्पुनिङ भनिने यो आसनमा गर्भवती स्त्री र पुरुष एकै दिशामा फर्केर सँगै सुत्छन् । र पेटको बच्चालाई असुविधा नहुने गरी पछाडीबाट अंगालो हालेर पुरुषले स्त्रीसँग सहवास गर्न सक्छ ।





मुख मैथुनः

स्त्री गर्भवती भएको अवस्थामा यौन चाहाना पुरा गर्ने सबै भन्दा उत्तम माध्यम हो मुख मैथुन । हुन त यो पूर्ण यौन सम्बन्ध होइन तर यसले पनि यौन चाहानालाई शान्त पार्न भने सकिन्छ । यद्यपी यसो गर्दा स्त्रीको योनीमा रगत आउने गरी गर्नु हुँदैन यसले गर्भलाई जटिल अवस्थामा पुर्याउन सक्छ ।
महिला माथि चढ्ने आसनः
महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो । यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ ।


स्वान आसनः
यो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् । यो आसनलाई डग्गी आसन पनि भन्ने गरिन्छ ।
कैंची आसनः
यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा नगरी यौन क्रिडा गर्छन् । यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै चल्न र दवाव पैदा गर्न दिँदैनन् ।
पुरुष तल बसेरः
यो आसनमा महिला पुरुषको काखमा बस्छिन् तर उनीहरु एकै दिशमा फर्किएका हुन्छन् । यो आसनमा पनि दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् ।

by nepaliheadlines