सेलिब्रेटी भएपछि ड्रेसअपमा पनि ध्यान दिनुपर्छ – शुभेच्छा थापा

1355 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– मखमली कस्तो चलचित्र हो ?
अहिले छायाँकन मा रहेको चलचित्र मखमली नारी कथावस्तु बोकेको चलचित्र हो । चलचित्रमा हाम्रो समाज मा भएको बालशोषण, आफ्नै परिवार र समाजले त्यसलाई कस्तो दृष्टिकोणमा हेर्छ भन्ने कुरा मखमलीमा पाउन सकिन्छ ।
यो सत्यकथामा आधारित रहेर हामीले निर्माण गरिरहेका छौँ ।
subchechaशुभेच्छा थापा नायिका कि निर्माता ?
म २०६२ सालदेखि यो क्षेत्रमा छु । मेरो पहिलो चलचित्र धुव्रतारा हो । मैले धेरै सिरियलहरुमा पनि अभिनय गरेकी छु । त्यस्तै म्युजिक भिडियोहरुमा पनि दर्शकहरुले मलाई पाउनुहुन्छ । आफ्नै व्यानरको चलचित्र को हुँ म, मिस नेपालमा नायिका र निर्माता भएर रहेँ । त्यस्तै, अब छिट्टै फ्लोरमा जाने चलचित्र मखमली मा पनि नायिका र निर्माता रहेकी छु । यस हिसाबले म नायिका र निर्मात दुवै भन्नुपर्ला ।
– चलचित्र मिस नेपालमा तपाईं निकै चर्चामा आउनुभयो नि ?
हो, चलचित्र मिस नेपालको हट फोटो सुटले मलाई चर्चामा
ल्यायो । सञ्चारका माध्यमहरुमा त्यसले धेरै नै स्थान लियो । त्योे पब्लिसिटीभन्दा पनि चलचित्र मिस नेपाल आफैँ च्यालेन्जको विषय थियो । चलचित्र नचलाउन विभिन्न ठाउँ र केही सङ्घ
संस्थाहरुबाट धम्कीहरु पनि आएका थिए । फेसबुकलगायत सामाजिक सञ्जालहरुमा पनि धम्कीहरु त्यत्तिकै आएका थिए । त्यसैले मैले त्यो फोटो सुटलाई हतियार बनाएकी हुँ । त्यसपछि सबैतिरबाट खुला भएर आयो । हलमा सिनेमा पनि लाग्ने भयो ।
– भनेपछि नेपाली चलचित्रमा सफलता पाउन स्क्यान्डलमै आउनुपर्छ ?
होइन, यो कुरा सबैमा नहोला । आउनै पर्छ भन्ने पनि छैन । मेरो बारेमा कुरा गर्नुपर्दा मेरो चलचित्रको स्टोरी नै त्यस्तो भएर त्यसरी आएको हो । यो अवश्यकताले ल्याउने कुरा हो ।
– प्रायः नायिकाहरुलाई चलचित्र चल्नुभन्दा अगाडि यस्तो स्क्यान्डलमा ल्याएको पाइन्छ नि ?
मलाई के लाग्छ भने यसमा अलिकति मिडियाको पनि गल्ती छ । नराम्रो कुरा चाँडै आउँछ, राम्रो कुराको अत्तोपत्तो नै हुँदैन । फेरि चलचित्र उद्योग भनेको ग्लामर हो, यो देखिने चीज हो, त्यो भएर पनि होला । हो, कतिले स्क्यान्डलमा आउन पनि यसो गरेको पाइन्छ ।
– नेपालका सेलिबे्रटीहरुले ड्रेसअपमा ध्यान दिँदैनन् भन्नेलाई के भन्नु हुन्छ ?
सेलिब्रेटी भएपछि ड्रेसअपमा पनि ध्यान दिनुपर्छ ।हामीकहाँ पनि कहिले कुन
हिरोइनले के देखायो, कहिले कुन हिरोइनले के देखायो भनिन्छ ।यस्तो हामीकहाँ मात्र होइन, बलिउड र हलिउडमा पनि यस्ता कुरा भइरहेका हुन्छन् । अरु भन्दा फरक देखिनका लागि फरक खालको ड्रेसअप आवश्यक नै हो ।
प्रत्येक नायिकालाई त्यसैले पनि यस्तो भएको हुनुपर्छ । प्रोग्राम वा विभिन्न फङ्सनमा जाँदा के गेटअप गर्ने भन्ने थाहा हुन्छ र बुझेको पनि हुन्छ । कतिपय कलाकारले बुझी–बुझी कन्टोभरसीमा आउन पनि जानी–जानी यस्तो गर्ने गर्छन् ।
तपाईंले खेलेको चलचित्र टाइगर द रियल हिरो प्रदर्शनमा आउँदैछ । तपाईं कस्तो भूमिकामा देखिनुभएको छ ?
चलचित्र टाइगर द रियल हिरो माघ १६ गतेदेखि अल नेपाल रिलज हुँदैछ, जुन
चलचित्रमा म लिडरोलमा छु । यो लभ स्टोरी, कमेडी र म्युजिकल मूभि हो । चलचित्रमा राम्रो काम गर्ने मौका पाएको छु।
यो चलचित्र हिरोइनजम हो । म यो चलचित्र रिलिजको पर्खाइमा छु । यसलाई राजु गिरीले निमार्ण गर्नुभएको हो । यसका सम्पूर्ण कलाकारहरुले उत्तिकै मेहनत गर्नुभएको छ । पछिल्लो समयमा एउटा राम्रो चलचित्र बनेको छ टाइगर द रियल हिरो । यसले दर्शकको मन जित्ने अपेक्षा हामी सबैले लिएका छौँ ।
– अन्त्यमा के भन्नुहुन्छ ?
पछिल्लो समयमा नारीप्रधान चलचित्रहरु रmचाइएको छ हामीकहाँ । नायिकाहरुले
बनाएका चलचित्रहरु चलेका छन् । चलचित्रको कथावस्तु राम्रो छ भने त्यो चलचित्र पक्कै पनि चल्छ । हामीले निर्माण गर्न लागेको चलचित्र मखमली पनि यस्तै विषयवस्तुमा आधारित रहेर निर्माण गर्दैछौँ ।
सेलिब्रेटी भएपछि ड्रेसअपमा पनि ध्यान दिनुपर्छ

 (धादिङ न्यूज डट कमका लागि नुवाकोटवाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकका प्रकाशक किरण अधिकारीले गर्नुभएको कुराकानी )