धदिङमा शिक्षकले राजिनामा दिने क्रम बढ्यो

509 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

vvvvvvvvvvvvvvvvvvvधादिङ– धादिङ जिल्लाका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले विभिन्न कारण देखाएर राजिनामा दिने क्रम बढेको छ । गतबर्षको तुलनामा चालु आर्थिक बर्षमा झन्डै दोव्बर संख्यामा शिक्षकहरुले राजिनामा दिएका छन् । गतबर्षको भन्दा चालुआर्थिक बर्षको फागुन मसान्त सम्ममा राजिनामा दिने शिक्षकको संख्या ह्वात्तै बढेको हो । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार शिक्षा कार्यालयले सम्पूर्ण शिक्षकहरुको प्रमाणपत्र आयोगमा पठाएपछि शिक्षकहरुले राजिनामा दिएका हुन् । चालु आर्थिक बर्षको अहिले सम्ममा ७० जना शिक्षकले राजीनामा दिएका छन् । आर्थिक बर्ष २०७०÷०७१ सालमा ३६ जनाले विभिन्न कारण देखाउदै राजिनामा दिएपनि चालु आर्थिक बर्ष २०७१÷०७२ को अहिले सम्म ६९ जनाले राजिनामा दिएको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । प्राथमिक तहका ६४ जना, निमावि तह अध्ययन गर्ने ५ जना र मावि तहमा अध्ययपन गराउने १ जना शिक्षकले राजिनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान श्रेत्रीय कार्यलय हेटौडाले धादिङ जिल्लामा अध्यापन गराउने शिक्षकहको सक्कल प्रमाणपत्र मागेपछि राजिनामा दिने क्रम बढेको हो । उमेर हद र अस्वस्थताको कारण देखाउदै शिक्षकहरुले राजिनामा बुझाएको जिल्ला शिक्षा कार्यलयका सोमनाथ हुमगाईले बताउनु भयो ।