वर्षमा ६ दिन मात्रै खुल्ने विद्यालय

523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

teacherमुगु । मुगुको दोल्फु ४ का पेमा ग्याल्बु लामा छोरा उर्गिल लामालाई बोकेर सदरमुका आएको दुई वर्ष भयो । लामा मात्रै होइनन् गाउँबाट जातक (छोराछोरी) बोकेर सदरमुकाम आउने अभिभावक धेरै भेटिन्छन् । यसरी उनीहरु सदरमुकाम गमगडी आउनुको एउटै कारण हो, छोराछोरी पढाउनु । आजको राजधानि दैनिकमा खबर छ -गाउँमा विद्यालय नभएर तथा विद्यालयमा शिक्षक नभएर अभिभावकले सदरमुकामसम्म छोराछोरी लगेका भने होइनन् । ४० वर्ष पहिले नै स्थापना भएको कान्जिरोवा प्राथमिक विद्यालयमा शिक्षक दरबन्दी अनुसार भएपनि १३ वर्षदेखि नियमित पढाइ भने हुनसकेको छैन् । विद्यालयमा रहेका शिक्षकलाई विद्यार्थी संख्या, हाजिरी पुस्तिका लगायतका सामान नै थाहा छैन् । गत भदौमा सरुवा भएका शिक्षक तुलबहादुर कार्की २२ मंसिरमा मात्र विद्यालय पुगेका थिए । तर, उनले विद्यालयमा आफूहरुले हाजिर गर्ने हाजिरीकपी भेट्टाएनन् । सरकारी नीतिअनुसार देशभरका विद्यालय एक शैक्षिक सत्रमा दुई सउय २० दिन अनिवार्य खुल्नुपर्छ र एक सय ९२ दिन अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर दोल्फु गाउँकासीका लागि यो एकादेशको कथा हो । –