जाजरकोटमा २ हजार बिरामी

621 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जाजरकोट,चैत ३० – दुई साताअघि पैंकका बासिन्दाहरुमा टाउको दुख्ने,बान्ता हुने,ज्वरो आउने र खोकी लाग्ने लक्षण देखिएको थियो । यही संक्रमणका कारण यो गाउँमा मात्रै १० जनाले ज्यान गुमाए । सरकारलाई भने आइतबार मात्रै त्यसको छनक मिल्यो । स्वास्थ्यमन्त्रीसहितको टोली प्रभावित क्षेत्र पुगेर फर्किएको छ । पैंकमा मात्र डेढ सय जना सिकिस्त छन् । अर्छानी,पजारु,नायकबाडा,सक्ला,ढिमे र टालेगाउँमा पनि संक्रमण बढ्दै गएको छ । यी सबै गाविसमा गरी झन्डै दुई हजार जना बिरामी परेका छन् । सबै गरी अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्यकर्मीले डेढ हजारको त उपचारै गरिसकेका छन् । उपचारमा संलग्न डा. दीपक पुनले पैंक गाविसमा ९ सय जनाको उपचार गरेको बताए । रोगीको भने अझै पहिचान भएको छैन । दिनप्रतिदिन बिरामीको संख्या बढ्दै गएपछि गाउँमा सन्त्रास फैलिएको छ । बेलैमा स्वास्थ्यकर्मी र औषधि नपुग्दा ती क्षेत्रमा रोग फैलिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ । –