निजी विद्यालयको शुल्क वृद्धि फिर्ता

636 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Schools_fee_23520
बढी लिइएको पैसा १५ दिनमा फिर्ता गर्न निर्देशन
काठमाडौं : चालु शैक्षिक शत्रबाट निजी विद्यालयले वृद्वि गरेको शुल्क विद्यार्थीलाइ नै फिर्ता गर्नुपर्ने भएको छ।
चर्को शुल्क वृद्वि गरिएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीको माग अनुसार हाललाइ शुल्क वृद्विको निर्णय फिर्ता गर्ने, यसअघि वृद्वि गरेर विद्यार्थीसंग लिइएको शुल्क फिर्ता गर्ने सहमति भएको हो।
शिक्षा मन्त्रालय, अभिभावक संघ, विद्यार्थी संगठन, निजी विद्यालय सञ्चालक र निजी विद्यालयमा कार्यरत शिक्षकका प्रतिनधीबीच आइतबार राती भएको वार्तामा यस्तो सहमति भएको हो।
वार्तामा दश बुँदे सहमति भएको छ। नयाँ शुल्क वृद्वि गर्न विद्यार्थी र अभिभावक समेत संलग्न प्राविधीक समिती गठन गर्ने, यसअघि वृद्वि गरिए अनुसार विद्यार्थीसंग लिइएको शुल्क १५ दिन भित्रमा फिर्ता गर्ने, प्रचलित निती नियम विपरित विविध शिर्षक राखेर शुल्क लिने विद्यालयको अनुगभन गरेर कारवाही गर्ने लगायतका सहमति भएको छ।
काठमाडौं लगायतका जिल्लामा निजी स्कुलले विद्यार्थीको मासिक शुल्कमा भारी वृद्वि गरेपछि विद्यार्थीहरू आन्दोलित भएक हुन्। गत साता काठमाडौंका विद्यालयमा २२ प्रतिशत शुल्क बढेको थियो।
वार्तामा सहभागी शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले सरोकारवालासंग भएको सहमतिसंगै आन्दोलनरत विद्यार्थीले निजि विद्यालयको लेखा शाखामा लगाएको ताला सोमबारबाट खुलेको छ।-अन्नपूर्ण पोष्ट दैनिकबाट