सगुनद्धारा पाँच करोडको लगानी सम्झौता

468 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सगुन कर्पोरेशनले प्रवद्र्धन गरेको सामाजिक सञ्जाल सगुन डटकमकोे उत्पादन तथा इन्जिनियरिङ्ग क्षेत्रको विकासका लागि पाँच लाख अमेरीकी डलर (करिव पाँच करोड रुपैयाँ) को प्रारम्भिक लगानी सम्झौता भएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपाली लगानीकर्तासँग कर्पोरेशनले पाँच करोड रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता गरेको हो ।

newsDetailvtxsagoonनेपाल, भारत र अमेरिकामा वेब र मोवाइल एप्लिकेशन निर्माण तथा जनशक्ति विस्तारमा सो रकम लगानी गर्ने कर्पोरेशनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यससँगै सगुनले उत्पादनमा समुदायको सहज पहुँच निर्माण गर्ने उद्देश्य राखेको छ । कम्पनीको भिजन वेब ३ को पहिलो चरणमा गत फेब्रुअरीमा सगुनले परिक्षण स्वरुप ‘सोसियल स्मार्ट कार्ड’ र ‘मी पेज’को सुरुवात गरेको थियो ।

सगुनले प्रवद्र्धन गरेको ‘सोसियल स्मार्ट कार्ड’ उपभोक्ताको लागि फाइदाजनक रहेको विज्ञप्तीमा उल्लेख छ । स्मार्ट कार्डमार्फत सगुनले आफूले कमाउने रकममा प्रयोगकर्तालाई पनि हिस्सेदार बनाउने योजना ल्याएपछि यसमा प्रयोगकर्ता आकर्षित भएको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत सगुनले शुरुमा खाता खोल्नेलाई ५ डलर उपलव्ध गराउने जानकारी दिदै आएको छ ।

एकद्वार डिजिटल कार्डको रुपमा विकसित कार्डले अनलाइन खरिद विक्री र उपहार आदान–प्रदानमा भूमिका खेल्ने प्रवद्र्धक कम्पनी सगुन कर्पोरेशनले जनाएको छ ।

उपभोक्ताको व्यक्तिगत र व्यवसायिक सफलताका लागि यो कार्यक्रम परोपकारी अभियान नै रहेको उल्लेख गर्दै प्रयोगकर्तालाई ‘मी पेज’को उपयोगले जीवनका थुप्रै उपलब्धि बोध गराउने विज्ञप्तीमा जनाइएको छ ।

प्रत्येक हप्ता २० प्रतिशतका दरले बढिरहेका प्रयोगकर्ताको संख्या अझै बढ्ने क्रममा छ । हालसम्म एक लाख ५६ हजार प्रयोगकर्ता सगुनसँग जोडिएका छन् । १५ लाख बढी सम्भावित प्रयोगकर्ताहरु प्रतिक्षाको सूचीमा छन् ।

‘मी पेज’को सुरुआतपछि ४८ हजार पेज निर्माण भइसकेको छ । ५ लाख बढी टेक्स्ट म्यासेज र फोटोहरु आदान–प्रदान भएका छन् ।

पेन्टागनका सिस्टम इन्जिनियर रहेर काम गरिसकेका सगुनका संस्थापक गोविन्द गिरीले सम्झौतापश्चात लगानीकर्ताहरुप्रति आभार व्यक्त गरेका छन् ।

सगुनका सह–संस्थापक कविन सिटौलाले आफुहरुले प्रवद्र्धन गर्न लागिरहेको प्रविधिले लाखौँ नागरिकको जीवनमा आमूल परिवर्तन ल्याउने बताए ।

जुलाई २०१४ मा सगुनले सुरुआत गरेको एप्लिकेशनको प्रारम्भमा ‘सिक्रिट’ र ‘अकेजन’ समावेश थियो । ती एप्लिकेशनको उपयोगबाट उपभोक्ताले तस्वीर आफ्ना कुरा भन्न, गोप्यता उजागर गर्न र व्यक्तिगत विशेष क्षणका बिषयहरु आदान–प्रदान गर्न सक्ने छन् ।