मन्त्रीहरू भूकम्प प्रभावित जिल्लामा -धादिङमा उर्जा मन्त्री ज्ञवाली

441 पटक पढिएको

सम्पादक: Dhading News

timthumb
धादिङ- भूकम्प प्रभावित जिल्लामा राहत वितरण, शीघ्र पुनर्लाभ, पुनःस्थापना तथा पुनर्बासससम्बन्धी काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न मन्त्रिपरिषद्का सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार बढीमा सात दिनका लागि उपप्रधानमन्त्रीद्वय र ११ जना मन्त्रीलाई जिल्ला तोकिएको छ।
उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई काठमाडौँ उपत्यकाका तीन जिल्ला, वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यलाई तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत र बाग्लुङको जिम्मेवारी दिइएको छ।
downloadप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले काभ्रेपलाञ्चोक, ऊर्जामन्त्री राधा ज्ञवालीले धादिङ, सिँचाइ मान्त्री एनपी साउदले ओखलढुङ्गा र सोलुखुम्बु, आवास तथा सहरी विकासमन्त्री डा नारायण खड्काले लुम्बिनी अञ्चलमा सञ्चालित, राहत, पुनःस्थापना तथा पुनर्बासससम्बन्धी कामको अनुगमन गर्नुका साथै ती जिल्लामा सञ्चालित कार्यक्रमलाई नेतृत्व दिनुहुनेछ।
यसैगरी भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानालाई दोलखा, कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सिन्धुपाल्चोक, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई रसुवा र नुवाकोट, महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीलाई चितवन र मकवानपुर, उद्योगमन्त्री महेश बस्नेतलाई रामेछाप र सिन्धुली तथा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई गोरखाको जिम्मेवारी तोकिएको छ ।
मन्त्रिपरिषद्का ११ जना सदस्यलाई तोकिएका स्थानबाहेकका क्षेत्रको अनुगमन उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले गर्नेछन्।