बजारमा आँप किनेर खादै हुनुहुन्छ ?साबधाना

673 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 aapaधादिङ–जेठ २६ नेपालमा आँप पाक्न अझै एक ढेड हप्ता लाग्छ तर भारतीय किसानले विभिन्न केमिकल र विषधी औषधी हालेर समयभन्दा अगावै आँप पकाई नेपाली बजारहरूमा महँगो मूल्यमा बिक्रीवितरण गरिरहेका छन् । गर्मीको समय र पानीसमेत नपरेको अवस्थामा केमिकल र विषादि हालेर पकाएको आँप खानु विष खाए जस्तै हुने उनको भनाइ छ । यी अाँपले पेट दुख्ने, झाडापखाला लाग्ने र ग्यास्टिक दिने हुँदा सकभर यी आँप नखाएकै राम्रो तर खानैपरे दुई घण्टा चिसो पानीमा वा फ्रिजभित्र राखेर खाँदा केही मात्रामा विषादि कम हुने गैरेले बताए । पर्सा जिल्लामा विगत तीन वर्षदेखि अाँपको उत्पादनमा कमी आइरहेको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा दुई सय ७२ हेक्टर लगाइएको आँप खेतीमा एक हजार आठ सय ४६ मेट्रिक टन मात्रै उत्पादन भएको र आर्थिक वर्ष ०७१÷०७२ मा दुई सय ४५ हेक्टरमा खेती लगाएकोमा दुई हजार ४० मेट्रिकटन मात्रै उत्पादन भएको गैरे बताउँछन् । यो वर्षसमेत आँप विगतको तुलनामा अझै कमी आउने बताए । यसैगरी, अहिले बजारमा पाइरहेको आँप दैनिक ३० टनसम्म खप्त हुने गरेको र यी आँप नेपालकै बर्दिवास, लालबन्दी, गैरलगायतको ठाउँबाट आइरहेको तरकारी तथा फलफुल बिक्रेता संघका अध्यक्ष विदुर गुप्ताले दाबी गरे । उनले भने, ‘भारतको आँप खुद्रा तरकारी व्यापारीहरूले साइकलमा मात्रै ल्याउने गरेको र त्यो आँप जम्मा जम्मी २/३ टन मात्रै आएको छ ।’ अहिले बजारमा पाइरहेको आँप स्वस्थ्यकर नभएको बताउँदै उत्पादनमा कमी भएकाले किसानहरूले बितेका वर्षभन्दा दोब्बर प्रतिकिलो एक सय ५० रुपैयाँसम्म बेचिरहेको उनले बताए । जबकी गत वर्षमा किलोको ४० देखि ६० रुपैयाँसम्म बिक्री भएको थियो । नेपाली किसानबाटै आएका यी आँपहरू २० टनसम्म बारा र पर्सा जिल्लाको बजार र १० टन आँप हेटौँडा, चितवन र काठमाडौंसम्म जाने गथ्र्यो ।